नर्भिक अस्पतालको शैयामाबाट नायिका ऋचा शर्माले भनिन : हृदयघात भएको छैन, म ठिक छु :
प्रकाशित मिति : माघ ४, २०७५ शुक्रबार
बिहिबार साँझ नायिका ऋचा शर्मालाई हृदयघात भएको खबर एकाएक अनलाइन मिडियामा फैलियो । समाचारकै आधारमा उनका शुभचिन्तकले सामाजिक सञ्जालमा शिघ्र स्वास्थ्य लाभको कामना गरे, गरिरहेका छन् ।
नायिका शर्माले भने मिडियामा आएजस्तो आफुलाई हृदयघात नभएका बताएकी छन् । नायिका ऋचा शर्मालाई हार्ट अट्याक भन्ने खबर भाइरल भएपछि उनी आफैले फेसबुकमा स्टाटस लेखेर आफ्नो स्वास्थ्य बारे बिहिबार साँझ नै जानकारी गराएकी हुन् ।
‘मेरो चिन्ता लिनुहुने सम्पूर्णलाई धन्यवाद’, नर्भिक अस्पतालको शैयामा रहेकी ऋचाले लेखेकी छन्, ‘मलाई हृदयघात भएको होइन् । छातीमा मात्रै सामान्य पिडा भएको हो । सबै रिपोर्ट आइसकेको छ । स्वास्थ्य अवस्था सामान्य छ ।’ उनी आज डिस्चार्ज हुँदैछिन् । ऋचालाई शिघ्र स्वाथ्य लाभको कामना !






