बिहिबार साँझ नायिका ऋचा शर्मालाई हृदयघात भएको खबर एकाएक अनलाइन मिडियामा फैलियो । समाचारकै आधारमा उनका शुभचिन्तकले सामाजिक सञ्जालमा शिघ्र स्वास्थ्य लाभको कामना गरे, गरिरहेका छन् ।
नायिका शर्माले भने मिडियामा आएजस्तो आफुलाई हृदयघात नभएका बताएकी छन् । नायिका ऋचा शर्मालाई हार्ट अट्याक भन्ने खबर भाइरल भएपछि उनी आफैले फेसबुकमा स्टाटस लेखेर आफ्नो स्वास्थ्य बारे बिहिबार साँझ नै जानकारी गराएकी हुन् ।
‘मेरो चिन्ता लिनुहुने सम्पूर्णलाई धन्यवाद’, नर्भिक अस्पतालको शैयामा रहेकी ऋचाले लेखेकी छन्, ‘मलाई हृदयघात भएको होइन् । छातीमा मात्रै सामान्य पिडा भएको हो । सबै रिपोर्ट आइसकेको छ । स्वास्थ्य अवस्था सामान्य छ ।’ उनी आज डिस्चार्ज हुँदैछिन् । ऋचालाई शिघ्र स्वाथ्य लाभको कामना !
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।