‘टुटल’ र ‘पठाओ’ रोक्ने चाहना सरकारको छैन – प्रवक्ता बाँस्कोटा


प्रकाशित मिति : माघ ४, २०७५ शुक्रबार

सरकारले प्रविधिको प्रयोग गरेर मोटरसाइकलमार्फत भाडामा यात्रु ओसार्ने काम रोक्ने चाहना नभएको जनाएको छ । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले कानूनको मातहतमा नभए कानूनसंवत् रुपमा जानुपर्ने बताउँदै सेवा रोक्ने पक्षमा सरकार नरहेको स्पष्ट पार्नुभयो ।

सञ्चार मन्त्रालयमा विहीवारआयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले भन्नुभयो, “सरकारको प्रतिबन्ध लगाउने चाहना छैन, नियमअनुसार चल्नुपर्छ, यसलाई नियमन गर्नुपर्छ ।” प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबारको ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रममा समेत यस्ता व्यवसायलाई कानूनी दायरामा ल्याई व्यवस्थित गर्ने दिशामा जानुपर्ने बताउनुभएको थियो ।

केही दिनअघि ट्राफिक प्रहरीले ‘टुटल’ र ‘पठाओ’ नामको मोबाइल एप्लिकेशनमार्फत सम्पर्कमा आएका यात्रु बोक्ने मोटरसाइकललाई नियन्त्रणमा लिएपछि उक्त विषय बाहिर आएको हो । यातायात व्यवस्था विभागका महानिर्देशक लावन्यकुमार ढकालले अहिलेको ऐनमा निजी सवारीले यात्रु बोक्न पाउने व्यवस्था नरहेको भए पनि अन्तर्राष्ट्रिय अभ्यासलाई आधार मानेर यस्तो व्यवस्था रहने गरी ऐन संशोधनको प्रक्रियामा रहेको जानकारी दिनुभयो ।

उहाँले सेवा राम्रो भए पनि अहिलेको अबस्थामा भने यसले यात्रुको सुरक्षा, दुर्घटना बीमा लगायतका विषयमा प्रश्न उठ्ने भएकाले कानूनी दायरामा भने आउनुपर्नेमा जोड दिनुभयो । विगत केही वर्षदेखि टुटल र पठाओ नामको मोबाइल एप्लिकेशनमार्फत सम्पर्कमा आएका यात्रुको माग अनुसार सोही एप्समा जोडिएका मोटरसाइकल चालकले निश्चित भाडा लिएर यात्रु ओसारपसार गर्दै आएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com