जन्ती बोकेको बस दुर्घटना हुँदा २५ घाइते


प्रकाशित मिति : ४ माघ २०७५, शुक्रबार

दोलखा जिल्लाको तामाकोशी गाउँपालिका–४ मालु भन्ने स्थानको जोगीगाउँमा बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् ।

शुक्रबार बिहान साढे सात बजे जन्ती बोकेको बस स्टार्ट गरे लगत्तै सडकबाट ३० मिटर तल खसेर दुर्घटना भएको हो ।

जेथ्दे मिजारको छोराको विवाहको जन्ती बोकेको बा २ ख ३७६० नम्बरको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक सेते तामाङले जानकारी दिएका छन् ।

घाइतेको स्थानीय मेडिकलमा उपचार भइरहको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com