आजदेखि ७ सय ५३ स्थानीय तहमा रोजगार खुल्दै


प्रकाशित मिति : माघ ४, २०७५ शुक्रबार

सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ७ सय ५३ वटै स्थानीय तहमा रोजगार संयोजक छनौटको प्रक्रिया शुरु गरेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बिहिबार पत्रकार सम्मेलन गरि रोजगार संयोजक नियुक्तीको प्रक्रिया शुरु भएको जानकारी दिएको हो । संयोजक छनौटको लागि १५ दिनको म्याद राखेर शुक्रबारबाट अनलाइन दरखास्त आह्वान गरिने प्रधानमन्त्री रोजगार कार्यक्रमका प्रमुख तथा मन्त्रालयका सह सचिव प्रकाश दाहालले जानकारी दिनुभयो ।

१० हजार भन्दा बढी जनसंख्या भएको स्थानीय तहमा शाखा अधिकृत सरहको र १० हजार भन्दा कम जनसंख्या भएको स्थानीय तहमा नायव सुब्बा सरहको संयोजक रहने व्यवस्था गरिएको दाहालले बताउनुभयो ।

मन्त्रालयले अस्थायी दरवन्दीमा १ वर्षका लागि प्रदेशगत रुपमा खुल्ला प्रतिष्पर्धा मार्फत करारमा पदपूर्ति गरि स्थानीय तहमा खटाउने छ ।तोकिएको म्यादभित्र दरखास्त परेका मध्ये कम्प्युटरको माध्यमबाट ७५३ स्थानीय तहको लागि शुरुमा २ हजार २ सय ५९ जनाको छनौट सूची तयार गरिने छ। यसरी छनौटमा परेकाहरुले न्युनतम शैक्षिक योग्यता वापत ७० अंक, न्युनतम भन्दा माथिको शैक्षिक योग्यताको लागि २० र २ वर्षको कामको अनुभवको लागि १० अंक प्रदान गरि उम्मेदवारले प्राप्त गरेको अंकको आधारमा आवश्यक योग्यताक्रम सूची निर्धारण गरिनेछ ।

७५३ स्थानीय तहमा एक रोजगार सेवा केन्द्र रहने छन् । रोजगार सेवा केन्द्रबाट गाउँपालिका वा नगरपालिका क्षेत्रभित्र रहेका बेरोजगार व्यक्तिको तथ्यांक संकलन तथा विश्लेषण गरी बेरोजगारको सूची स्वीकृतिका लागि गाउँ वा नगरपालिकामा पेश गरिने छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

स्वीकृत भएको बेरोजगार व्यक्तिको सूचीलाई रोजगार व्यवस्थापन सूचना प्रणालीमा अद्यावधिक गरी सूचीकृत गर्ने र सूचीकृत बेरोजगारलाई लावग्राहीको परिचयपत्र वितरण गरिने छ। सेवा केन्द्रले रोजगारीका अवसरहरुको पनि अभिलेख राख्नेछ।विभिन्‍न सरकारी, गैरसरकारी आयोजनामा माग भएअनुसार सूचीकृत बेरोजगारहरुलाई त्यहाँ खटाइने छ।

बेरोजगारलाई आवश्यकता अनुसार तालिम प्रदान गर्न समेत सेवा केन्द्रले सिफारिस गर्नेछ। वैदेशिक रोजगारीमा जान चाहनेलाई पनि सेवा केन्द्रले नै आवश्यक सहयोग तथा सूचना प्रदान गर्नेछ।प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि यस आर्थिक वर्षको बजेटमा सरकारले ३ अर्ब १० करोड रुपैयाँ विनियोजन गरिसकेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com