रोजगारीका लागि जापान लगिदिने भन्दै २६ जनालाई ठगेर एजेन्ट फरार


प्रकाशित मिति : ४ माघ २०७५, शुक्रबार

जापान पठाइदिने भन्दै सुर्खेतका २६ जना ब्यक्तिहरुसँग प्रति ब्यक्ति १ लाखका दरले २६ लाख रुपैयाँ लिई बुटवल ५ सेमलारका गुरु प्रसाद चालिसे फरार भएका छन् । वेरोजगार युवाहरुलाई जपानमा रोजगारी लगाईदिने भन्दै चालिसेले एक एक लाख मागेपछि पीडितहरुले उनको ग्लोवल आईएमई बैंकमा रहेको खातामा पैसा जम्मा गरेका थिए ।

धेरै लामो समयसम्म पनि जापान पठाउने टुंगो नलागेपछि चालिसेलाई बारम्बार फोनमा कुरा गर्दा विभिन्न बहाना बनाउदै पन्छिने काम गर्ने पीडितहरुको भनाई छ ।

तस्विर : news24nepal.tv

बारम्बार ताकेता गरेपछि चालिसेले जापान पठाइदिने भन्दै लिएको पैसा फिर्ता दिने भनेर केही ब्यक्तिहरुलाइ चेकसम्म काटेर दिएका छन तर अहिलेसम्म ती ब्यक्तिहरुले पैसा भने पाएका छैनन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पीडित ब्यक्ती मध्ये बिरेन्द्रनगर १३, सुर्खेतका हरि बहादुर गाहाले वैदेशिक रोजगार बिभाग, बुद्धनगर काठमाडौंमा जाहेरी दिएका छन् । सो जाहेरी पछि वैदेशिक रोजगार विभागले महानगरीय प्रहरी बृत, रानीपोखरी काठमाडौं र जिल्ला प्रहरी कार्यालय बुटवललाई चालिसेलाई पक्राउ गरी उपस्थित गराइदिने सम्बन्धमा चिठी काटेको छ ।

पीडितहरुले पटक पटक फोन मार्फत चालिसेसंग कुरा गर्दा पीडितहरुलाई धम्क्याउने गरेकोे र जहाँ गए पनि जान भन्दै धम्की दिने गरेको पीडितहरु बताउछन् । न्यूज २४ टेलिभिजनको कार्यक्रम सिधा कुरा जनतासंग र वेवसाइट न्यूजट्वान्टिफोनेपाल डट टिभीमा समाचार छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com