श्रमिक लैजाने बारे नेपाल र जापानबीच छलफल !


प्रकाशित मिति : माघ ३, २०७५ बिहीबार

जापान सरकारले नेपाली श्रमिकलाई रोजगारीका अवसर प्रदान गर्ने निर्णय गरेसँगै नेपाल र जापानबीचको द्विपक्षीय छलफलले तीव्रता पाएको छ ।

जापानी प्रतिनिधिमण्डलसँगको छलफलमा नेपालले पारदर्शी र प्रतिस्पर्धी पद्धतिबाट उपयुक्त विधि, प्रणाली र संयन्त्रको विकास गरी आप्रवासनका क्षेत्रमा विश्वव्यापी रुपमा स्थापित भएका नवीनतम् मान्यता एवं मापदण्डअनुरुप श्रमिक पठाउने विषयमा जोड दिइएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

आगामी दिनमा द्विपक्षीय संवादलाई निरन्तरता दिँदै उच्चस्तरको समझदारी गरी छिट्टै नेपाली श्रमिकले नयाँ व्यवस्थाअनुरुप जापानमा काम गर्न पाउने वातावरणको सिर्जना गर्न दुवै देशले थप गृहकार्य गर्ने सहमतिसमेत भएको श्रम मन्त्रालयका प्रवक्ता डा नारायण रेग्मीले जानकारी दिनुभयो ।

छलफलका क्रममा नेपाली कामदारले जापानमा सिकेको ज्ञान, सीप र अनुभवलाई उद्यमशीलताको माध्यममार्फत नेपालको विकासमा योगदान पु¥याउने वातावरणको सिर्जना गरी दुवै देशले सहकार्य गर्दै जाने सहमतिसमेत भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

छलफलको क्रममा जापानको अध्यागमनसम्बन्धी संशोधित कानूनी व्यवस्थाअनुसार विदेशी श्रमिकको व्यवस्थापन गर्ने सम्बन्धमा जापान सरकारबाट जारी भएका नयाँ कानूनी प्रावधान जापानी पक्षबाट जानकारी लिइएको मन्त्रालयले जनाएको छ ।

व्यवस्थित, सुरक्षित र मर्यादित रुपमा नेपाली श्रमिक जापानमा पठाउने सन्दर्भमा पारस्परिक हित प्रवद्र्धन हुने गरी समझदारी कायम गर्नेलगायत श्रमिक आप्रवासनका विविध आयाममा छलफल भएको प्रवक्ता रेग्मीले जानकारी दिनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com