मन्त्री र मुख्यमन्त्रीको झण्डा हल्लाउन मात्र बुटवललाई अस्थायी राजधानी तोकीएको होईन : कांग्रेस नेता खांड


प्रकाशित मिति : माघ ३, २०७५ बिहीबार

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रदेश नम्बर ५को नामाकरण र स्थायी राजधानीको माग गर्दै आजबाट आन्दोलन सुरु गरेको छ ।
आज प्रदेशको अस्थायी राजधानी बुटवलमा खबरदारीसभा गर्दै कांग्रेसले आदोलनको घोषणा गरेको हो । खबरदारीसभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा संसदियदलमा कांग्रेसका सचेतक बालकृष्ण खांडले मुख्यमन्त्री र मन्त्रीहरुको झण्डा हल्लाउकालागि मात्र बुटवललाई अस्थायी राजधानी नबनाईएको बताउनुभयो ।

उहांले लुम्बिनीसंग पहाड र तराईको जिल्ला जोड्दै समृद्ध प्रदेश बनाउन देउवा नेतृत्वको सरकारले बुटवललाई अस्थायी राजधानी तोकेको बताउंदै मुख्यमन्त्री र प्रदेश सरकारले चाहंदैमा राजधानी अन्यत्र जान नसक्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य चन्द्र भण्डारीले कांग्रेसले किस्तीमा राखेर कम्युनिष्टहरुलाई सत्ता दिंदा समेत प्रदेशको नामाकरण गर्न नसकेको आरोप लगाउनुभयो ।
सभा सूरुहुनु अघि नेपाली कांग्रेसका कार्यकर्ताहरुले बिभिन्न नारा लगाउंदै नगरपरिक्रमा गरेका थिए । बुटवलकोराजमार्ग चौराहाबाट सूरु भएको ¥याली मिलनचौक, पुष्पलालचौक हुंदै ट्राफिक चौक पुगेर सभामा परिणत भएको थियो ।

सभामा बोल्ने वक्ताहरुले माघ ३ लाई बुटवलले प्रदेश राजधानी घोषणा भएको उत्सवकोरुपमा मनाउनुपर्ने बताएका थिए । तत्कालिन देउवा सरकारले १ वर्ष अगाडी आजकै दिनमा ७ वटा प्रदेशको अस्थायी राजधानी तोकेको थियो ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता देबेन्द्रराज कंडेल, नवलपरासी, गुल्मी, पाल्पा, अर्घाखांचीका पार्टी सभापतिहरुले समेत बोलेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com