मन्त्री र मुख्यमन्त्रीको झण्डा हल्लाउन मात्र बुटवललाई अस्थायी राजधानी तोकीएको होईन : कांग्रेस नेता खांड


प्रकाशित मिति : ३ माघ २०७५, बिहिबार

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रदेश नम्बर ५को नामाकरण र स्थायी राजधानीको माग गर्दै आजबाट आन्दोलन सुरु गरेको छ ।
आज प्रदेशको अस्थायी राजधानी बुटवलमा खबरदारीसभा गर्दै कांग्रेसले आदोलनको घोषणा गरेको हो । खबरदारीसभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा संसदियदलमा कांग्रेसका सचेतक बालकृष्ण खांडले मुख्यमन्त्री र मन्त्रीहरुको झण्डा हल्लाउकालागि मात्र बुटवललाई अस्थायी राजधानी नबनाईएको बताउनुभयो ।

उहांले लुम्बिनीसंग पहाड र तराईको जिल्ला जोड्दै समृद्ध प्रदेश बनाउन देउवा नेतृत्वको सरकारले बुटवललाई अस्थायी राजधानी तोकेको बताउंदै मुख्यमन्त्री र प्रदेश सरकारले चाहंदैमा राजधानी अन्यत्र जान नसक्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य चन्द्र भण्डारीले कांग्रेसले किस्तीमा राखेर कम्युनिष्टहरुलाई सत्ता दिंदा समेत प्रदेशको नामाकरण गर्न नसकेको आरोप लगाउनुभयो ।
सभा सूरुहुनु अघि नेपाली कांग्रेसका कार्यकर्ताहरुले बिभिन्न नारा लगाउंदै नगरपरिक्रमा गरेका थिए । बुटवलकोराजमार्ग चौराहाबाट सूरु भएको ¥याली मिलनचौक, पुष्पलालचौक हुंदै ट्राफिक चौक पुगेर सभामा परिणत भएको थियो ।

सभामा बोल्ने वक्ताहरुले माघ ३ लाई बुटवलले प्रदेश राजधानी घोषणा भएको उत्सवकोरुपमा मनाउनुपर्ने बताएका थिए । तत्कालिन देउवा सरकारले १ वर्ष अगाडी आजकै दिनमा ७ वटा प्रदेशको अस्थायी राजधानी तोकेको थियो ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता देबेन्द्रराज कंडेल, नवलपरासी, गुल्मी, पाल्पा, अर्घाखांचीका पार्टी सभापतिहरुले समेत बोलेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com