प्रधानमन्त्री ओलीद्वारा सुख्खा बन्दरगाहको शिलान्यास, स्थानीयबासी प्रहरी नियन्त्रणमा


प्रकाशित मिति : माघ ३, २०७५ बिहीबार

प्रधानमन्त्री केपी शर्मा ओलीले किर्तिपुर नगरपालिका स्थित चोभारमा आज सुख्खा बन्दरगाहाको शिलान्यास गरेका छन् तर स्थानियहरु भने यसको विरोधमा उत्रिएका छन् ।

साविक हिमाल सिमेन्ट कारखानाले चर्चेको चोभार स्थित ११.७७ हेक्टर जग्गामा बन्दरगाहा निर्माणको शिलान्यास गरिएको हो । बन्दरगाह  शिलनयासको विरोधमा    उत्रिएका स्थानीयलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रधानमन्त्री ओलीले यो बन्दरगाहा निर्माण भएपछि काठमाडौंका लागि उपभोग्य बश्तुको अभाव नहुने बताएका छन् । दक्षिणबाट आउने रेल र उत्तरबाट आउने रेलले ल्याउने सामानको भण्डारण कक्षको रुपमा यो बन्दरगाहा उपयोग हुने प्रधानमन्त्री ओलीले बताए ।

प्रधानमन्त्री ओलीले देश तिव्र विकासको गतिमा अघि बढ्ने बताउँदै सरकारका एक वर्ष कानुन निर्माण र अन्य तयारीमा बितेको बताए । “संविधान थियो कानुन थिएन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यसले गर्दा एकवर्ष हामीले कानुन बनाउने काममा बितायौं । हामीले अब काम गर्ने वातावरण बनाएका छौं । अब देश तिव्र गतिमा अघि बढ्छ ”प्रधानमन्त्री ओलीले भने, ।

बन्दरगाह निर्माणले स्थानीयबासीहरुका लागि रोजगारीका धेरै अवसर सृजना हुने प्रधानमन्त्री ओलीले बताए । “यहाँ बन्दरगाहा निर्माणले रोजगारीका धेरै अवसर सृजना गर्छ ।

यातायाले यस ठाउँलाई विभिन्न ठाउँसँग जोड्छ ” प्रधानमन्त्री ओलीले भने, “स्थानीयबासीका केही गुनासा र भनाइ भए सम्बन्धित निकायमा जानकारी गराउनुहोस । सरकारले सकारात्मक ढंगले लिनेछ ” प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले निर्माण कम्पनीलाई समयमै काम सक्न आग्रह गरेका छन । “तोकिएको मितिमा काम सम्पन्न गर्नुहोस । गुणस्तरमा सम्झौता नगर्नुहोस” प्रधानमन्त्री ओलीले भने , बन्दरगाहा १ अर्व,४८ करोड ३४ लाख रुपैंयाको लागतमा निर्माण सम्पन्न हुने भएको हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com