भैँसी गोठमा लगी मुख छोपेर आफन्त बालिका बलात्कार


प्रकाशित मिति : ३ माघ २०७५, बिहिबार

एक बालिकालाई गरेको अभियोगमा माघ १ गते पक्राउ परेका बूढीगङ्गा नगरपालिका–८ नुवाकोट बस्ने दलबहादुर थापालाई बाजुरा जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको छ ।

सतचालिस वर्षका थापाले अपराध स्वीकार गरेकाले पत्रकार बुधबार सम्मेलनमार्फत सार्वजनिक गरिएकोे प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिनुभयो । थापाले आफ्नै नाता पर्ने बालिकालाई भैँसी गोठमा लगी मुख छोपेर बलात्कार गरेक थिए ।थापाले रिठा बजार बाह्रबीसेमा थापा होटल सञ्चालन गर्दै आएका थिए ।

अभियुक्त थापाबिरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (३) को (ख) बमोजिम मुद्दा दायर गरिने प्रहरीले जनाएको दिने बताएको छ । रासस

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com