नेपाललाई नयाँ हवाई रुट दिन भारत तयार देखिएको छ । भारतीय उड्डयनमन्त्री सुरेश प्रभाकर प्रभुले नेपाललाई हवाई रुट दिने प्रतिवद्धता जनाएका छन् । बुधबार भएको दुईपक्षीय छलफलमा नेपालले राखेको नयाँ हवाई रुट प्रस्तावमा आफूहरु सकारत्मक रहेको उनले जनाएका हुन् ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी र भारतीय समकक्षी सुरेश प्रभुबीच नयाँदिल्लीमा वार्ता भएको थियो । ‘वार्तामा विगतमा भएको सहमतिलाई नै टेकेर अगाडि बढ्ने प्रतिवद्धता दुवै पक्षबाट प्राप्त भएको छ,’ प्रतिनिधिमन्डलका सदस्य तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले भने विगतकै सहमतिलाई टेकेर पुनः प्राविधिक तहको वार्ता गर्ने जनाउ भारतीय मन्त्रीले दिएको सहसचिव लामिछानेले जानकारी दिएकाछन् ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।