पर्वतमा बस दुर्घटना ३ जनाको मृत्यु, ३५ जना घाईते


प्रकाशित मिति : ३ माघ २०७५, बिहिबार

म्याग्दीको सदरमुकाम बेनीबाट नारायणघाट जाँदै गरेको यात्रुबाहक बस आज विहान पर्वतकोे मालढुङ्गामा दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

ग १ ख ६१०८ नम्बरको यात्रुबहाक बस सडकबाट करिब १ सय मिटर तल कालिगण्डकी नदीको किनारमा खस्दा घटनास्थलमै तीन जनाको मृत्यु भएको हो ।

मृतक तीन जनाकै सनाखत हुन नसकेको र सब परिक्षणको लागि पर्वत जिल्ला अस्पताल पठाईएको  प्रहरी निरीक्षक लोकवहादुर गुरुङले बताउनुभयो ।

विहान सबा ७ बजे बेनीबाट नारायणघाटको लागि प्रस्थान गरेको यात्रुबहाक बस दुर्घटनामा परेपछि म्याग्दी, पर्वत र बागलुङका सुरक्षाकर्मी सहित स्थानीयबासीले घाईतेहरुको उद्धार गरेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

घाईते भएका ३५ जनालाई उपचारको लागि बागलुङ अस्पताल पठाईएको प्रहरी निरिक्षक गुरुङले जानकारी दिनुभयो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com