अमेरिकी सरकार शटडाउनको प्रभाव यी नेपालीलाई समेत


प्रकाशित मिति : माघ २, २०७५ बुधबार

डिसेम्बर २२ देखि जारी अमेरिकी सरकार शटडाउनको प्रभाव अमेरिकामा रहेका आम नेपालीहरुलाई समेत परेको छ । अमेरिकी सरकार हटडाउनका कारण आफूहरुको ब्यापारमा समेत निकै नकारात्मक असर परेको न्युयोर्कका उबर र ट्याक्सी चालक नेपालीहरुले गुनासो गरेका छन् । सरकार शटडाउनका कारण तलब नपाउँदा कतिपय सरकारी कर्मचारीहरु त आफै उबर चालक समेत भएका छन् ।

खासगरी न्युयोर्कमा नेशनल पार्कहरु बन्द रहेका छन् यद्यपी स्ट्याचु अफ लिबर्टी भने खुल्ला रहेको छ । त्यस्तै नेशनल पार्क सर्भिसले संचालन गरेका म्युजियमहरु, ऐतिहासिक साइटहरु पनि बन्द रहेका छन् । पर्यटकीय स्थलहरु बन्द हुँदा पर्यटकमा आएको कमीका कारण आफूहरुको ब्यापार प्रभावित भएको नेपाली ट्याक्सी चालकहरुको भनाई छ ।

न्युयोर्कमा नेशनल म्युजियम अफ अमेरिकन इन्डियन, संघीय हल, अफ्रिकन बरियल ग्राउण्ड, ह्यामिल्टन ग्रेन्ज मेमोरियल, जनलर ग्रान्ट मेमोरियल लगायतका कैयन ऐतिहासिक स्थल र म्युजियमहरु बन्द रहेका छन् । आइआरएस सेवा पनि बन्द भएको छ । सरकारी कर्मचारीहरु विदामा रहेकाले र उनीहरुले तलब नपाएकाले पयर्टकका कारणलेमात्र नभई कर्मचारीका कारणले पनि ब्यापारमन्दी रहेको छ ।

पार्क, म्युजियम, संघीय कार्यालयहरु लगायतको आसपासमा र उनीहरुबाट प्राप्त ग्राहकमा आश्रित कैयन ब्यापार व्यवसायहरु पनि चौपट भएका छन् । सरकार शटडाउन र हिमपातका कारण वासिंटन डिसी क्षेत्रमा रेष्टेरेण्ट संचालन गरेका नेपालीहरुले पनि ब्यापारमा मन्दी आएको गुनासो गरेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

वासिंटन डिसी क्षेत्रमा उबर चलाउनेहरुले ग्राहकको माग असाध्यै कम भएको गुनासो गरेका छन् । एकरातमा १ सय २० डलरसम्म कमाउनेहरुको आम्दानी अहिले ५० प्रतिशतले घटेको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com