नारायणगढ–मुग्लिन सडक विस्तारपछि व्यापार फस्टायो


प्रकाशित मिति : माघ २, २०७५ बुधबार

नारायणगढ–मुग्लिन सडकखण्डमा कुनै समय यात्रु र स्थानीयवासीले सबैभन्दा धेरै सास्ती खेप्नु पथ्र्यो । यो सडकको नाम लिने बित्तिकै धेरैको आङ सिरिङ्ग हुुन्थ्यो । चार वर्ष लगाएर सडक निर्माण सम्पन्न गरिएसँगै सो क्षेत्रको मुहार फेरिएको छ ।

नारायणगढ–मुग्लिन सडकखण्ड विस्तार गरिएपछि यस क्षेत्रका होटल तथा रेष्टुरेष्टको व्यापार व्यवसाय फस्टाएको छ । “चार वर्षसम्म धुलो र पहिरोको सास्ती भोग्यौँ,” भरतपुर महानगरपालिका–२९ खहरेका रेष्टुरेष्ट व्यवसायी नारायणकुमार मगरले भन्नुभयो”, व्यापारको त कुरै छाडौँ, घरमा समेत बस्न सक्ने अवस्था थिएन ।” सडक विस्तारपछि व्यापार चार गुणाले वृद्धि भएको उहाँको भनाइ छ ।

सडक विस्तारपछि उक्त सडकखण्डमा यात्रा गर्नेको सङ्ख्या बढेको छ । “धुलो र अत्यधिक जामका कारण चालक र यात्रुले गाडी रोक्न मान्दैनथे,” मगरले भन्नुभयो, “अहिले यात्रुले यही खाजा÷खाना खान्छौँ भन्ने गरेका छन् ।” घण्टौँ लाग्ने बाटो अहिले करीब ३० मिनेट छोट्टिएको छ । भरतपुर र नारायणगढ बजारका बासिन्दा समेत ढिँडो र लोकल कुखुराको स्वाद लिन आउने गरेको मगरले बताउनुभयो । “सडक विस्तार गर्नु अघि दैनिक रु पाँच हजासम्म व्यापार हुन्थ्यो, अहिले दैनिक रु ३० हजारसम्मको व्यापार हुन्छ ।” सामान्य चिया पसल गर्नेका पनि व्यापार फस्टाएको छ ।

दासढुङ्गामा होटल व्यवसाय गरिरहनुभएका भरतपुर महानगरपालिका–२९ का वडाध्यक्ष मानबहादुर मगर सडक स्तरोन्नतिका कारण सुस्ताएको व्यापारमा वृद्धि भएको बताउनुहुन्छ । “अहिले सडकको अवस्थामा निकै सुधार आएको छ, हाम्रो व्यापार पनि बढेको छ”, उहाँले भन्नुभयो । पछिल्लो समय यस क्षेत्रका अधिकांश होटल व्यवसायीले खाना गुणस्तरमा समेत ध्यान दिएको पाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

होटल व्यवसायी सङ्घ चितवन, रामनगर सिमलताल एकाइका अध्यक्ष रामबहादुर गुरुङ सडकको अवस्थामा सुधार आएपछि अधिकांशले सवारीसाधन रोक्ने गरेको बताउनुहुन्छ । “अहिले सबैले यही सडकखण्ड प्रयोग गर्न थालेका छन,” उहाँले भन्नुभयो । सो सडकखण्डअन्तर्गतका होटल तथा रेष्टुरेन्टलाई व्यवस्थित गर्न थालिएको छ । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गतका रामनगर, जुगेडी, दासढुङगा, खहरे, चौधकिलो, गाइघाट, घुमाउने, सिमलताल, जलविरेलगायत क्षेत्रको व्यापार व्यवसाय अहिले फस्टाएको छ । सो सडकखण्डमा व्यवसायी सङ्घमा आवद्ध ५४ तथा अन्य साना ठूला गरी करीब दुई सय होटल र रेष्टुरेन्ट छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com