चीनको चमत्कार, चन्द्रमामा उमार्‍यो बिरुवा !


प्रकाशित मिति : माघ २, २०७५ बुधबार

पहिलो पटक चन्द्रमामा बिरुवाको अंकुर पलाएको छ । चीनले चन्द्रमामा पठाएको चाङ’इ–४ यानमा कपासको बीउको टुसा पलाएको हो । मंगलबार चिनियाँ वैज्ञानिकहरुले आफूहरुलाई ऐतिहासिक सफलता प्राप्त भएको सञ्चार माध्यमलाई जानकारी गराएका छन् ।

चन्द्रमामा जैविक पदार्थ उम्रिएको यो पहिलो पटक हो । यसलाई वैज्ञानिकहरुले अन्तरिक्षबारे लामो अनुसन्धानपछिको ऐतिहासिक सफलताको संज्ञा दिएका छन् ।

कपासको बीउ उम्रिएको बारे जानकारी दिँदै चिनियाँ वैज्ञानिक शाई गेङशिन भन्छन्, ‘चिनियाँ रोभर चाङ’ई–४ यही महिना मात्रै चन्द्रमामा अवतरण भएको थियो । हामीले हावा, पानी र माटो राखिएको एउटा १८ सेन्टिमिटरको डिब्बा पठाएका थियौँ । जसमा कपास, आलु र तोरीको बीउ राखिएको थियो ।’

गेङशिनका अनुसार यानले पठाएको तस्बिरमा कपासको अंकुर राम्रोसँग पलाइरहेको छ । कपासबाहेक भने अन्य बिरुवाका् बीउ भने अंकुरित नभएको उनले बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

चीनले गएको महिना मात्रै चन्द्रमाको सतह अध्ययन गर्ने उद्धेश्यले चाङ’ई–४ ल्याण्ड रोभर प्रक्षेपण गरेको थियो । यो यान यही जनवरी ३ मा चन्द्रमामा सफलतापूर्वक अवतरण भएको थियो । बाँकी देशको तुलनामा चीनको यो अभियान एकदमै अलग छ । चीनले पहिलो पल्ट पृथ्वीबाट नदेखिने चन्द्रमाको भागमा आफ्नो उपकरण अवतरण गराएको थियो ।

वैज्ञानिकहरुका अनुसार पृथ्वीबाट देखिने चन्द्रमाको भागमा ल्याण्ड रोभरजस्ता उपकरण अवतरण गराउन सहज हुन्छ । तर अर्को भागमा खाल्डाखुल्डी धेरै हुने भएकाले उपकरणहरु अवतरण गराउन कठिन हुन्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com