शटडाउनबाट प्रभावितले काम गरेको तलब पाउनुपर्ने माग अदालतबाट अस्वीकार
प्रकाशित मिति : माघ २, २०७५ बुधबार
अमेरिकी सरकार शटडाउनका बेलामा विना तलब काम गरिरहेका संघीय कर्मचारीहरुले काम गरेको अवधिको रकम पाउनुपर्ने माग गर्दै अदालतमा दायर गरेको याचिका अदालतले अस्वीकार गरेको छ । विनातलब काम गरिरहेका हवाई यातायात नियन्त्रकहरुले काम गरेको रकम पाउनुपर्ने माग गर्दै अदालतमा मुद्दा दायर गरिएको थियो ।
नेशनल एयर ट्राफिक कन्ट्रोलर एसोसिएसनका तर्फबाट अस्थायी निरोधक आदेशको माग गर्दै अदालतमा मुद्दा दायर गरिएको थियो । तर संघीय न्यायाधिस रिचार्ड लिओनले फण्ड उपलब्ध गराउने सरकारको उपयुक्त निकाय संसद रहेको र न्यायपालिका उत्तोलकको अर्को श्रोत हुन नसक्ने भएको भन्दै निरोधक आदेश जारी गर्न अस्वीकार गरेका हुन् ।
द नेशनल ट्रेजरी इम्प्लोइज युनियन र संघीय कामदारहरुले हालेका अरु दुई मुद्दाहरु पनि न्यायाधिसले अस्वीकार गरेका छन् । तर प्रारम्भिक निषेधाज्ञाको माग गरिएकोमा भने न्यायाधिसले अर्को सुनुवाईको मौका दिएका छन् । मुद्दा वार्सिटन डिसीको अदालतमा दायर गरिएको थियो ।






