हिलारीको स्थान लिएकी जिलीब्राण्डले गरिन् राष्ट्रपतिमा उम्मेदवारी घोषणा


प्रकाशित मिति : २ माघ २०७५, बुधबार

न्युयोर्क सिनेटर क्रिस्चेन जिलीब्राण्डले पनि सन् २०२० मा हुने अमेरिकी राष्ट्रपतिको चुनावमा उम्मेदवारी दिने घोषणा गरेकी छिन् । सन् २००९ देखि न्युयोर्क राज्यबाट अमेरिकी सिनेटरमा रहदै आएकी उनले आगामी राष्ट्रपतिको चुनावमा उम्मेदवारी दिने घोषणा गरेकी छिन् ।

जिलीब्राण्ड राष्ट्रपतिमा उम्मेदवारीको घोषणा गर्ने पछिल्लो हाइप्रोफाइल डेमोक्र्याट हुन् । डेमोक्रेटिक पार्टीभित्र बामपन्थी धारका रुपमा परिचित उनले बर्नी स्याण्डर्सको मेडिकेयर फर अल नामको बिलको को स्पोन्सर समेत गरेकी थिइन् ।

सन् २००९ मा हिलारी क्लिन्टन अमेरिकी विदेशमन्त्रीमा नियुक्त भइसकेपछि उनको स्थानमा जिलीब्राण्डलाई सिनेटमा नियुक्त गरिएको थियो । पछि सन् २०१० मा विशेष निर्वाचन जितेर उनले क्लिन्टनको बाँकी कार्यकाल पूरा गरेकी थिइन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सन् २०१२ मा अमेरिकी सिनेटरका रुपमा निर्वाचित भएपछि ६ बर्षे कार्यकाल पूरा गरेकी उनले गत चुनावमा पुन निर्वाचित भएर सिनेटरमा ६ बर्षे कार्यकाल सुरुवात गरेकी छिन् । ५२ बर्षकी जिलीब्राण्डलाई बलियो राष्ट्रपति उम्मेदवारका रुपमा हेरिएको छ ।

महिला हिंशाबिरुद्ध आवाज उठाउदै आएकी उनलाई संसदसम्म मि टु मुभमेन्ट लैजाने नेतृत्वदायी आवाजका रुपमा समेत चिनिन्छ । सिनेटर अल फ्यांकेनले महिलामाथि दुब्र्यबहार गरेको सार्वजनिक भएपछि राजिनामा दिन माग गर्ने पहिले सिनेटर पनि उनै थिइन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com