अमेरिकी सरकार शटडाउनले तलब नपाएका कर्मचारीको बिचल्ली, खर्चका लागि चन्दा उठाउँदै


प्रकाशित मिति : १ माघ २०७५, मंगलबार

डिसेम्बर २२ देखि जारी अमेरिकी सरकार शटडाउनका कारण तलब रोकिएपछि अमेरिकी सरकारका कैयन संघीय कर्मचारीहरुले घरखर्च चलाउनका लागि चन्दा संकलन सुरु गरेका छन् । गोफण्डमीमा मात्र झण्डै १५ सय कर्मचारीहरुले सहयोग जुटाउनका लागि चन्दा संकलन सुरु गरेका छन् ।

हरेक हप्ता आउने तलबले घरखर्च चलाउनेहरुका लागि तलब रोकिएपछि समस्या उत्पन्न भएको छ । एकल आमा, लाइब्रेरियन, कलाकार वा सिमा रक्षक एजेन्ट लगायतले चन्दा संकलनका लागि गोफण्डमीमा पेजहरु बनाएका छन् । उच्च आम्दानी हुने र उच्चस्तरका कर्मचारीहरुका लागि खास समस्या नभएपनि न्यून आम्दानी हुने कर्मचारीहरुका लागि भने सरकार शटडाउनका कारण तलब रोकिदा घरखर्च चलाउनै मुस्किल भएको छ ।

गोफण्डमीका प्रवक्ताका अनुशार त्यसरी चलाएका चन्दा संकलन अभियानहरुमा अहिलेसम्म ३ लाख डलर संकलन भइसकेको छ । शटडाउनको अवधि लम्बिदै जाँदा घरभाडा तिर्न, मोर्गेज तिर्न, खाना खर्च जुटाउन वा आफ्ना बच्चाका लागि डाइपर किन्न समेत कर्मचारीहरुलाई समस्या भएको जनाइएको छ ।

वातावरण संरक्षण एजेन्सीकी लाइब्रेरियन अन्ना कोरीले सरकार शटडाउनका कारण तलब बन्द हुँदा आफूलाई जिविकोपार्जनमा समस्या भएको गुनासो गरेकी छिन् । परिवारको एकमात्र आयश्रोतका रुपमा रहेकाहरुका लागि सरकार शटडाउनले निकैठूलो अर्थभार थपेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com