अस्थायी रुपमा सरकार खुलाउने प्रस्ताव ट्रम्पबाट अस्वीकार


प्रकाशित मिति : पुस ३०, २०७५ सोमबार

डिसेम्बर २२ देखि जारी अमेरिकी सरकार शटडाउनको अवस्था अस्थायीरुपमा अन्त्य गर्ने सिनेटर लिण्ड्से ग्राहमको प्रस्ताव अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अस्वीकार गरेका छन् । साउथ क्यारोलिनाबाट प्रतिनिधित्व गर्ने रिपब्लिकन सिनेटर ग्राहमको प्रस्ताव आफूले अस्वीकार गरेको ट्रम्पले बताएका हुन् ।

ग्राहमले अमेरिकी सरकार अस्थायी रुपमा खुलाउन, सहमतिका लागि छलफल जारी राख्न र पर्खाल बनाउने विषयमा सहमति नभए मुलुकमा संकटकालको घोषणा गर्न ट्रम्पलाई सुझाव दिएका थिए । ग्राहमले कम्तीमा तीनसाताका लागि सरकार खुलाउनका लागि विधयेक पारित गर्ने विषयमा सहमति जनाउन ट्रम्पलाई सुझाव दिएका थिए ।

तीनसाताको अवधिमा सहमतिका लागि प्रयास गर्ने र सहमति नभए संकटकालको घोषणा गर्ने प्रस्तावमा असहमति जनाउँदै ट्रम्पले आफूले संकटकाल लगाउन नचाहेको बताएका छन् । वासिंटन पोष्ट र एबीसी न्युजको एक सवेक्षण अनुशार ५३ प्रतिशत अमेरिकनहरुले अमेरिकी सरकार शटडाउन हुनुमा राष्ट्रपति ट्रम्प दोषी रहेको बताएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com