१८ वर्ष उमेर पुगेका हरेक नागरिकलाई सैन्य तालिम दिनुपर्छ :नेता भट्टराई


प्रकाशित मिति : ३० पुस २०७५, सोमबार

नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले सबै नेपाली नागरिकलाई सैन्य तालिम दिनुपर्ने प्रस्ताव अघि सार्नु भएको छ ।

पूर्व प्रधानमन्त्री समेत रहनु भएका डा. भट्टराईले शक्ति राष्ट्रहरुको चपेटाबाट मुलुकलाई जोगाउन पनि सबै नागरिकलाई सैन्य तालिम दिनुपर्ने प्रस्ताव अघि सार्नु भएको हो । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले अमेरिका, चीन, भारतलगायतका शक्ति राष्ट्रहरुले नेपाललाई गोटी बनाउन सक्ने उल्लेख गर्दै त्यसबाट सचेत रहन पनि १८ वर्ष उमेर पुगेका हरेक नागरिकलाई सैन्य तालिम दिन उपयुक्त हुने तर्क गर्नु भयो । सेना र हतियारका लागि गर्ने लगानी सबै नेपालीलाई सैन्य तालिम दिन खर्च गर्न सके नागरिकले नै राष्ट्रको सुरक्षा गर्ने र मुलुक पनि समृद्ध हुने संयोजक भट्टराईको भनाई छ ।

संयोजक भट्टराईले अन्य देशसँगको आक्रमणबाट बच्नका लागि हतियार खरिद गर्नुभन्दा सो लगानी नागरिकलाई गर्न सके मुलुकमा विकास र समृद्धिको अभियानले तीव्रता पाउने विश्वास पनि व्यक्त गर्नु भयो । उहाँले नेपालले कुनै पनि राष्ट्रसँग आक्रमण गर्नुभन्दा शान्ति क्षेत्र कायम राखेर अघि बढने प्रस्ताव राख्नुपर्ने पनि बताउनु भयो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com