हुन्डी कारोबारमा सहकारीकै संलग्नता, विराटनगरमा तीन जना समातिए


प्रकाशित मिति : पुस ३०, २०७५ सोमबार

सहकारी संस्था स्थापना गरी हुन्डीको कारोबार हुने गरेको खुल्न आएको छ। जिल्ला प्रहरी कार्यालय मोरङले कारोबार गर्ने तीन जनालाई पक्राउ समेत गरेको छ।

प्रहरीले आइतबार दिउँसो विराटनगर महानगरपालिका ७ स्थित आस्था नेपाल बहुउद्देश्य सहकारी संस्थामा आवद्ध तीन जनालाई नियन्त्रणमा लिएको डिएसपी धनश्याम श्रेष्ठले जानकारी दिए।

विराटनगर महानगरपालिका वडा नम्बर ७ बस्ने ३२ वर्षीय राजेश हेडासहित तीन जना पक्राउ परेका हुन्। हेडा सहकारीका अध्यक्ष हुन्। यस्तै पक्राउ पर्नेमा महानगरकै वडा नम्बर १२ का संस्थाका व्यवस्थापक दीपक कुमार कर्ण र सोही वडाका सुमित साह रहेका छन्। साह सहकारीका म्यानेजर रहेको डिएसपी श्रेष्ठले बताए।

श्रेष्ठले भने, ‘सहकारीको आवरणमा हुन्डी कारोबार भएको पाइएको छ। सहकारीमा आर्थिक कारोबार हुने सहकारीमा कसैले पनि सहजै शंका नगर्ने भएकाले उनीहरू यसरी कारोबार गर्ने गरेको देखियो।‘

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अध्यक्ष हेडाको कार्यकक्षबाट ५९ लाख ७ हजार ६ सय रुपैयाँ रकम पनि प्रहरीले बरामद गरेको छ। अध्यक्ष हेडाले विगत दुई वर्षदेखि हुन्डी कारोबार गरेको डिएसपी श्रेष्ठले बताए। हेडाले सहकारीमा तीन वर्षदेखि अध्यक्षको कार्यकाल सम्हाल्दै आएका छन्।

उनीहरूले भारत, दुबई, चीन लगायतका देशहरूमा हुन्डीको कारोबार गर्ने गरेको खुलेको छ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com