उपत्यकामा अंग्रेजी नयाँ वर्षको कार्यक्रममाथि रोक


प्रकाशित मिति : पुस १३, २०७३ बुधबार

अंग्रेजी नयाँ वर्षको पूर्व सन्ध्यामा काठमाडौं उपत्यकाका कुनै पनि सडकमा स्टेज कार्यक्रम गर्नबाट रोक लगाइएको छ । नेपाल प्रहरीले आपराधिक घटना एवं सडक दुर्घटना हुन सक्ने भन्दै  स्टेज कार्यक्रममा प्रतिबन्ध लगाएको बताएको छ ।  उपत्यकामा एकीकृत सुरक्षा योजना लागू गरेर प्रहरीले सडकमा स्टेज कार्यक्रममार्फत गरिने शुभकामना आदानप्रदानमा प्रतिबन्ध लगाएको हो । जसअनुसार आउँदो शनिबार र आइतबार सडकमा कुनै पनि कार्यक्रम गर्न पाइने छैन ।

उपत्यका ट्राफिक प्रहरी महाशाखाका डीआईजी प्रकाश अर्यालले सुरक्षा संवेदनशील क्षेत्रमा कुनै पनि स्टेज कार्यक्रम गर्न नदिने बताए । उनले अपराध र दुर्घटनामुक्त उपत्यका बनाउने उद्देश्यले एकिकृत सुरक्षा योजना लाग बताए । चाडपर्वका नाममा अवाञ्छित क्रियाकलाप एवं मादक पदार्थ सेवन गरेर सवारी हाँक्ने, झगडा गर्ने, लागू पदार्थ सेवन गर्ने हुनाले सडक स्टेज कार्यक्रममा प्रतिबन्ध लगाइएको बताए ।

यी दुई दिन प्रहरीले उपत्यकामा २ हजार प्रहरी खटाउने भएको । साथै १ सय १५ स्थानमा सवारी साधनहरुको जाँच गरिने भएको छ । सुरक्षा सम्बन्धी कुनै सुझाव एवं गुनासो भए प्रहरीको आकस्मिक नम्बर १००, १०३ मा फोन र ९८५१२९५१०० मा एसएमएसद्वारा सम्पर्क राख्न समेत महाशाखाले अनुरोध गरेको छ ।

 

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com