एक साताभित्र चुनावको मिति घोषणा गर्छाै : माअोवादी केन्द्र


प्रकाशित मिति : पुस १३, २०७३ बुधबार

सत्तारुढ नेकपा माओवादी केन्द्रले स्थानीयतहको निर्वाचनको मिति छिट्टै घोषणा गर्ने निर्णय गरेको छ ।  आज बसेको माओवादी केन्द्रलेको बैठकले स्थानीय निकायको चुनावको मिति एमाले र मधेसी मोर्चासँग छलफल गरेर एक साताभित्रै घोषणा गर्ने निर्णय गरेको छ ।   बैठकले संविधान संशोधन विधेयक र निर्वाचनसम्वधी ऐन कानुनलाई पनि अघि बढाउन पहल गर्ने निर्णय भएकाे पार्टी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com