काठमाडौंको मखनटोलमा आगलागी, सवा दुई करोड बराबरको क्षति


प्रकाशित मिति : पुस १२, २०७३ मंगलबार

काठमाडौंको मखनटोल स्थित साडी शोरुममा लागेको आगो करीब एक घण्टापछि नियन्त्रणमा आएको छ ।

मंगलबार दिउँसो दुई बजेर पाँच मिनेट जाँदा मखन टोल स्थित निरञ्जन स्थापितको घरमा विद्युत शर्ट भएर आगलागी हुँदा सवा दुई करोड बराबरको क्षति भएको महानगरीय प्रहरी वृत जनसेवाका डिएसपी सन्तोष आचार्यले जानकारी दिए ।

सुरज आर्केडसँगै रहेको स्थापितको घरमा प्रकाश श्रेष्ठ र दिपक पाठकले ‘फेमस चेलिबेटी’ नामको साडी तथा रेडीमेड शोरुपम सञ्चालन गर्दै आएका थिए ।

शोरुमको चौथौ तल्लामा रहेको रेडिमेड गोदाममा आगो लागेको जानकारी दिँदै डिएसपी आचार्यले भने, ‘बन्द अवस्थामा रहेको गोदाममा बिद्युत शर्ट भएर आगलागी भएको खुलेको छ ।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com