एमाले / मोर्चा जुहारी


प्रकाशित मिति : पुस १२, २०७३ मंगलबार

संविधान संसोधन प्रस्ताव सम्पूर्ण रुपमा फिर्तै हुनुपर्ने एमालेको अडान र आफ्ना माग पूरा नभए पृथकतासम्म जान सक्ने मधेसी मोर्चाका नेता महन्थ ठाकुरको चेतावीका कारण सभममुख ओनसरी छर्ती घर्तीमगले बोलाएको प्रमुख दलको बैठक बिनानिष्कर्ष टुंगिएको छ ।

आइतबारको संसद बैठक स्थगन गरेर सभामुख घर्तीमगरले सोमबार बोलाएको प्रमुख दलको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संसोधन, स्थानिय निर्वाचन र महाअभियोग प्रस्तावलाई ‘प्याकेजमै डिल’ गर्ने प्रस्ताव राख्नासाथ एमाले नेता भिम रावलले त्यसको ठाडो प्रतिकार गर्दै भने ‘संसोधन प्रस्ताव फिर्ता नभएसम्म संसद अवरोध जारी नै रहन्छ ।’

मोर्चाका नेता एवं तराइ मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले भने गणितको मात्र दम्भ गर्दा विश्वराजनीतिमा देशहरु अलग हुन पुगेको इतिहास स्मरण गर्न एमालेलाई आग्रह गरेको जानकारी स्रोतले दियो । ‘एउटै देशमा एक वर्गको भाषा, भेषभूषा हुन सक्ने, अरुको किन हँुदैन ?’ भन्ने प्रश्न गर्दै ठाकुरले भने ‘९० र १० प्रतिशतको कुरा हो भने १० प्रतिशतले ९० प्रतिशतबाट अलग हुने प्रस्ताव राख्न सक्छ । ९० प्रतिशतको बन्दुक र गोलीगट्ठाविरुद्ध राम्रै प्रतिकार गरेको दिनको जिम्मेवार को हुने ?’

उनले थपे ‘१० प्रतिशत किन चाहियो ? हिम्मत भए सबै नीति निर्णय एक्लै गरे हुन्छ । हामी पनि समय परिस्थितिअनुकूलको प्रतिकारका लागि तयार छौं ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

संसद् भवन नयां बानेश्वरमा तीन घन्टा बसेको बैठकमा सत्तापक्ष, प्रतिपक्षी एमाले र मधेसी मोर्चाका नेता आरेप प्रत्यारोपमा उत्रिएपछि संसदको गतिरोध हटाउने विषयमा छलफल गर्न डाकिएको र्बठक बिनानिष्कर्ष टुंगिएको हो । यो खबर आजको अन्नपूर्ण पोष्टमा छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com