छुट्टिएको १६ महिनापछि प्रचण्ड र बाबुराम एउटै मञ्चमा


प्रकाशित मिति : पुस ११, २०७३ सोमबार

 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले परिर्वतन पक्षधर सबै एक ठाउँमा उभिनुको विकल्प नरहेकोे बताउनु भएको छ । माओवादी केन्द्रका नेता तथा सभासद् स्वर्गीय भक्तिप्रसाद पाण्डेको संघर्षशील यात्रामा आधारित पुस्तक चाचाको विमोचन कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले परिर्वतन पक्षधर सबै एक ठाउँमा उभिनुको विकल्प नरहेकोे बताउनु भएको हो । माओवादी पूटेर छिन्नभिन्न हुँदा र दशबर्षे जनयुद्धबाट प्राप्त उपलब्धी उल्टाउने प्रयास भइैरहेकाले परिर्वतनकारी शक्ति एकजुट हुनपर्ने बेला भएको बताउनु भएको हो ।

प्रधानमन्त्री प्रचण्डले नयाँ शक्ति पार्टीका संयोजक डाक्टर बाबुराम भट्टराई अप्राकृतिक उत्तेजनाका कारण भौतिक रुपमा बाहिरिए पनि बैचारीक रुपमा प्ँर्टी भित्रै रहेको बताउँदै भौतिक, वैचारीक र राजनीतिक रुपमा एकै स्थानमा आउने विश्वास व्यक्त गर्नु भयो । अध्यक्ष प्रचण्डले एकीकरणका लागि कार्यकर्ताहरुले पहल गर्नु पर्ने धारणा राख्नु भयो ।

कार्यक्रममा बोल्दै नयाँ शक्ति पार्टी नेपालका संयोजक डाक्टर बाुबराम भट्टराईले नेपाली समाज र राजनीति नयाँ चरणमा प्रवेश गरिसकेकाले त्यही अनुसार विचार र कार्यगत एकता भएमा पुनर्मिलन हुनसक्ने बताउनु भयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

संयोजक भट्टराईले माओवाद जडसूत्रवाद र यान्त्रीकरण नभएर सायसापेक्ष परिवर्तन हुने भएकाले एकताको ढोका खुल्ला राखी बहस अधि बढाउनु पर्नेमा जोड दिनु भयो । कार्यक्रममा माओवादी केन्द्रका नेता दीनानाथ शर्माले १० बर्षे जनयुद्धको बाँ‘की कार्यभार पूरा गर्न पनि प्रचण्ड र बाबुराम भट्टराई एक ठाँउमा उभिनु पर्ने बताउनु भयो । स्वर्गीय नेता पाण्डेको पुस्तकमा संघर्षशील जीवन यात्रा र  जनयुद्धताका कसरी हतियारको व्यव्स्थापन गरिएको थियो भन्ने बिषय समेटिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com