प्रेस्क्रिप्सन स्पष्ट लेख्ने निर्देशन पालना गर्न मेडिकल काउन्सिलको निर्देशन


प्रकाशित मिति : पुस २०, २०७५ शुक्रबार

सन्तोषी अधिकारी

/बिरामीको उपचार गरेपछि डाक्टरले लेख्ने प्रेस्क्रिप्सनमा औषधीलगायत सबै कुरा स्पष्ट बुझिने गरी लेख्नुपर्ने भएको छ । प्रेस्क्रिप्सन नबुझिएका कारण गलत औषधि सेवन गरेर बिरामी समस्यामा परेको गुनासो आएपछि मेडिकल काउन्सिलले अक्षर बुझिने लेख्न डाक्टरहरुलाई चेतावनी दिएको छ ।

कसैले अक्षर नबुझिने लेख्यो भने टिप्पणी गर्दै भनिन्छ ‘कस्तो डाक्टरी अक्षर हो’ । अझै पनि यस्तो भनाइ सुन्ने गरिन्छ । चिकित्सकको अक्षर नबुझिने नै हुन्छन भन्ने मानसिकता ब्याप्त छ । तर सबै चिकित्सकको अक्षर नबुझिने हुन्छन् भन्ने चाहिँ होइन । तर, अक्षर नबुझेकै कारणले लेखिएको औषधी एउटा, अनि बिरामीले पाउने अर्को भयो भने त्यसको असर भने पक्कै पनि गम्भीर हुन्छ । त्यो हामी सबैले सहजै अनुमान लगाउन सक्छौं ।

डाक्टरले लेखेर पठाएको औषधी कतिपय फार्मेसीहरुले नबुझेर अरु नै औषधी दिएर पठाएको केसहरु पनि आउने गरेको फार्मेसीहरुको पनि गुनासो छ । उनीहरु भन्छन्, ‘सफा र स्पष्ट रुपले चिकित्सकले लेखिदिए बिरामीले पनि बूझ्छन् भने फार्मेसीलाई पनि औषधी खोजेर दिन सहज हुन्छ ।’

कतिपय डाक्टरहरुको अक्षर नबुझेर बिरामी वा बिरामीका आफन्तहरु यो औषधी यहाँ नपाइने रहेछ फलानो डाक्टरले लेखिदिएको अब तपाईंले अर्को औषधी लेखिदिनुस् न भनेर आउने गरेको अनुभव छ विगत ५० वर्षदेखि चिकित्सा पेशामा आवद्ध वरिष्ठ चिकित्सक डा. सुन्दरमणि दीक्षितको ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कहिलेकाहीँ त आफ्नै बिरामी समेत फार्मेसीले अक्षर नबुझेर फिर्ता पठायो भन्दै फर्केर आउने गरेको पनि डा. दीक्षित बताउँछन् ।

बिरामीलाई गलत औषधी र गलत उपचार कहिले हुन नहुने डा. दीक्षितको भनाइ छ । उनी भन्छन्, ‘यो कामको थालनी सबै चिकित्सकले आफैबाट गरे डाक्टरी पेशालाई थप मर्यादित र ब्यबस्थित बनाउन सहयोग पुग्छ ।’

नेपाल मेडिकल काउन्सिलको इथिकल कमिटीले एकवर्षअघि सार्वजनिक सूचना प्रकाशित गरी ‘डाक्टरको कोड अफ इथिक्स’मा प्रेस्क्रिप्सन लेख्दा प्रस्ट बुझ्ने गरी लेख्नुपर्ने व्यवस्था गरेको थियो ।

तर केहि केहि अस्पतालका केहि चित्किसकले मात्र यो नियमलाई मानेको पाइएको र अधिकांश चिकित्सकले अझै पनि प्रेस्क्रिप्सन नबुझ्ने अक्षरमै लेखेको नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार डा.दिलीप शर्मा बताउँछन् ।

काउन्सिलका अनुसार स्वास्थ्यकर्मीले प्रेस्क्रिप्सन लेख्दा औषधीको नाम, सेवन गर्नुपर्ने मात्रा–समय तथा अवधिसमेत बुझिने भाषा र अक्षरमा छापेर वा लेखेर दिनुपर्छ । प्रेस्क्रिप्सनमा चिकित्सक वा अधिकारप्राप्त स्वास्थ्यकर्मीले आफ्नो पहिचान खुल्ने गरी नाम, थर एवं सम्बन्धित काउन्सिलमा दर्ता भएको प्रमाणपत्रको नम्बरसमेत उल्लेख गुर्नपर्छ ।

प्रेस्क्रिप्सन नबुझेर गलत औषधी सेवन गरेर उजुरी परे तीन महिनासम्म डाक्टर निलम्बन पर्न सक्ने मेडिकल काउन्सिलले चेतावनी दिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com