अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमान सिंह कार्कीले आफूलाई अदालतभित्र कालोमोसो दल्ने युवालाई छोडिदिन आग्रह गरेका छन् ।
तर, कार्कीले भने उनीहरु कसैको गोटी मात्र भएको र आफूलाई तोजोबध गराउने योजना कार्यान्वयनको कारिन्दा मात्र भएको बताएका छन् ।
पक्राउ परेकालाई ‘अवोध कारिन्दा’ भन्दै कार्कीले भनेका छन्, ‘वास्तविक अपराधी पर्दा पछाडि भएको र केही महिनायता मेराविरुद्ध विभिन्न प्रकारले षड्यन्त्रमुलक योजना बनाउनेहरु कानुन र प्रहरीको नियन्त्रणमा आउने स्थिति तत्काल नदेखिएको हुँदा ती अवोध कारिन्दालाई कुनै कारबाही नगरी रिहा गरिदिन म सुरक्षा निकायलाई अनुरोध गर्छु ।’
प्रमुख लोकमान सिंह कार्कीमाथि आक्रमण गर्दै कालो मोसो दल्ने दुई युवालाई सात दिन थुनामा राख्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको छ । ति दुुई युवा विप्लव माओवादीको विद्यार्थी संगठनका कार्यकर्ता रहेको बताइएको छ ।
[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]
पक्राउ परेका युवालाई महानगरीय प्रहरी काठमाडौंले सार्वजनिक अपराध ऐन अन्तरगत मुद्दा चलाउने तयारी गरेको छ । प्रशासनले ७ दिन म्याद थुनामा राख्न अनुमति दिएको छ ।
पक्राउ परेका प्रकाश शाही र चन्द्रबहादुर बुढाले सर्बोच्च अदालतभित्रै लोकमानलाई आक्रमण गर्दै विहीबार कालोमोसो दलिदिएका थिए । उनीहरुको हर्कत लगत्तै प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।