धादिङ नेपाली समाज को रक्तदान कार्यक्रम भब्य रुपमा सम्पन्न


प्रकाशित मिति : पुस १०, २०७५ मंगलबार

धादिङ नेपाली समाज को रक्तदान कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ। सदा जस्तै समाज मा बिभिन्न समाजिक कार्य गर्दै आइ रहेको समाजिक सस्था धादिङ नेपाली समाजले रक्तदान नै जीवनदान हो भन्ने मुला नारा बोकी यही आउदो डिसेम्ब र २३ तारिख बिहान १० बजे देखी ५ बजे सम्म एल्म हर्स्ट हस्पिटल्, ब्लड डोनर रूम डि १ – १०१ कुइन्स मा रक्तदान कार्यक्रम आयोजना गरेको थियो।

बिशेष गरी धदिङ मा जन्मेका र धदिङ मा बास्थान भएको अनि प्रबास मा बिभिन्न कार्य गर्दै आइ रहेका नेपाली हरु को साझा सस्था धादिङ नेपाली सस्था हो। यो सस्था ले प्रबास मा मात्र होईन धादिङ जिल्ला मा आपत बिपत पर्दा पनि सहयोग गर्दै आइ रहेको छ।

उक्त कार्यक्रम नेपाल सरकार का उप महा बाणिज्य दुत पुष्प भट्टराई र बाणिज्य दुत कृसु छेत्री को बिशेष सहभागिता मा सम्पन्न भएको थियो । बिभिन्न सङ सस्था को प्रती निधी लगायत प्रबासी नेपाली हरु को उपस्थिती थियो ।

२०१७ मा स्थापना भएको धादिङ नेपाली समाज बिसुद्ध सामाजिक सस्था हो। धादिङ नेपाली समाज अमेरिकाको प्रथम महाधिवेसनबाट सर्वसम्मत अध्यक्षमा निर्वाचित दिवाकर पाण्डे ले आफ्नो पहिलो शुभ कार्य को थालनी नै रक्तदान जस्तो पबित्र कार्य बाट सुरु गरेका छन।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com