पृथ्वी जयन्ती मनाउने एनआरएन अमेरिकाको घोषणा कस्तो लाग्यो ? मतदान गर्नुहोस् ।


प्रकाशित मिति : पुस ८, २०७३ शुक्रबार

एनआरएन अमेरिकाले सन् २०१७ देखि पृथ्वी जयन्ती संयुक्त राज्य अमेरिकामा संस्थागत ढंगले दिवसको रुपमा नै मनाउने घोषणा गरेको छ । एनआरएन अमेरिकाको यस्तो निर्णयको पक्ष र विपक्षमा आवाजहरु उठिरहेका छन् । कतिपयले यसलाई सही निर्णय भनेका छन् भने कतिपयले गणतन्त्र नेपाल विरुद्धको अभियान भनेका छन् । यसबारेमा तपाईको राय के छ ?

मतदान बन्द भइसकेको छ रिजल्ट हेर्न यहाँ क्लिक गर्नुहोला ।

राजसंस्था अन्त्यपछि गिरीजाप्रसाद कोइराला नेतृत्वको अन्तरिम सरकारले पुस २७ मा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने निर्णय खारेज गरेको थियो। त्यो निर्णयसँगै पुस २७ गते दिँदै आएको सार्वजनिक बिदासमेत कटौति भयो। २०६३ सालमा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौलाको प्रस्तावमा मन्त्रिपरिषदले पुस २७ लाई पृथ्वी जयन्ती अर्थात् राष्ट्रिय एकता दिवस मनाउने परम्पराको अन्त्य गरेको थियो।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com