अब अनलाइनबाटै अमेरिकी ग्रिनकार्ड र नागरिकताको आवेदन (तरिका सहित)


प्रकाशित मिति : पुस ८, २०७५ आईतबार

अमेरिकी ग्रिनकार्ड र नागरिकता लगायतका कैयन आवेदन अब अनलाइनबाट नै दिन सकिने भएको छ । युएससीआईएसको आधिकारिक वेवसाइटको मुख्य पृष्ठमा व्यवस्था गरिएको विशेष टुलमार्फत अब अमेरिकी नागरिकता, ग्रिनकार्डको पुनस्थापना लगायतका कैयन आवेदनहरु अनलाइनमार्फत नै दिन सकिन्छ ।

अनलाइनमार्फत आवेदन दिनका लागि सुरुमा युएससीआईएसको वेवसाइटमा गएर अनलाइन एकाउन्ट खोल्नुपर्छ । अनलाइनमार्फत फर्महरु भर्दा सहज र प्रभावकारी हुने युएससीआईएसका प्रवक्ताले बताएका छन् ।

अनलाइन एकाउन्ट खोल्न यो लिंकमा क्लिक गर्नुहोला ।

युएससीआईएसले अधिकांश फर्मशुल्क क्रेडिट कार्डबाट पनि लिने

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अनलाइनबाट आवेदन दिंदा युएससीआईएसलाई पनि सम्बन्धित निकायहरुमा फाइल पठाउन सहज हुनेछ । साथै युएससीआईएसलाई आवेदकसँग सम्पर्क गर्न पनि सहज हुनेछ । अनलाइनमार्फत आवेदन दिंदा शुल्क तिर्न पनि सहज हुनेछ ।

हालका लागि ग्रिनकार्ड रिप्लेस गर्ने आई ९० फर्म, नागरिकताको आवेदन एन ४००, नागरिकताको कागजात पुनस्थापना गर्ने आई ५६५, नागरिकताको प्रमाणपत्र एन ६०० आवेदन लगायतका फर्महरु भर्दा अनलाइनमार्फत भर्न सकिन्छ । अहिले युएससीआईएसले ४१ प्रकारका विभिन्न शुल्कहरु क्रेडिटकार्डमार्फत तिर्न सकिने व्यवस्था गरेको छ ।

कुन कुन फर्म अनलाइनबाट भर्न सकिन्छ ? कुन फर्मका लागि अनलाइनबाट तिर्न सकिन्छ ? जान्नका लागि यहाँ क्लिक गर्नुहोला ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com