राजीनामा दिएका इञ्जिनियरसँग सरकारले वार्ता गर्छ :सञ्चारमन्त्री कार्की


प्रकाशित मिति : पुस ७, २०७३ बिहीबार

सरकारले भूकम्पपछिको पुनःनिर्माणमा खटिएका प्राविधिक इञ्जिनियहरुले सेवा सुविधा कम भएको जनाउँदै दिएको सामूहिक राजीनामाबारे वार्ता गरेर समस्या समाधान गर्ने भएको छ ।
मन्त्रिपरिषद्को बिहिवार बसेको बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले जानकारी दिए । उनीहरुले मंगलबार सामुहिक रुपमा पदबाट राजीनामा दिएको घोषणा गरेका थिए । इन्जिनियरको राजीनामासँगै भूकम्प प्रभावित क्षेत्रमा पुनर्निमाणको काम प्रभावित बनेको छ ।

यसैगरी बैठकले प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्त विधेयक तयार गर्न सैद्धान्तिक सहमति दिएको छ । ‘‘प्रदेशमा कर्मचारीतन्त्र कस्तो हुन्छ भन्ने सम्बन्धमा यो विधेयक महत्वपूर्ण सावित हुनेछ ।’’ रहेका मन्त्री कार्कीले भने । बैठकमा समसामयिक राजनीतिका विषयमा पनि छलफल भएको बताउँदै मन्त्री कार्कीले संविधान संशोधन विधेयक के हुन्छ भन्ने प्रश्नमा ‘सरकार संविधान प्रदत्त बाटोबाट अघि बढ्न चाहने’ जनाए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com