अमेरिकामा नेपालीहरु किन सात पटक खुसी हुन्छन ?


प्रकाशित मिति : पुस ६, २०७३ बुधबार

 

-विजय थापा 

मानिसको मनचिन्ते पुरा भए मानिस औधि खुसि हुन्छ l त्यसमा पनि सपनाको संसार अमेरिका आउन पाउँदा र आफुले ईक्षा गरेका कुराहरु प्राप्ति हुँदा मानिस अत्यधिक रमाउने गर्छन l र अमेरिका आई पुगेका नेपालीहरु अमेरिकाको बसोबासमा धेरै पटक रमाएता पनि सात पटक जीवन भर नबिर्सने गरि खुसि हुन्छन l

प्रथम ,प्रवेश आज्ञा :अमेरिका आउने सपना लिएकाहरुका लागी अमेरिका जान पाउने फलामे ढोका अमेरिकन दुताबासले प्रवेश आज्ञा को टाचा लगाई दिने बितिकै खुसीको सिमा नै रहदैन l

के गरौ कसो गरुला भन्ने अनगिन्ती योजनाहरु मन मस्तिष्कमा आउदछ्न l अनि दंग पर्दै जे कुरामा पनि हास्न मन लाग्ने हुन्छ l

दोश्रो ,अमेरिका आई पुग्दा : अवसरको भुमि अमेरिकामा पाउ टेक्ने बित्तिकै अत्यन्तै हर्ष लाग्छ l मन भित्रबाट खुसीले रमाएको हुन्छ l अमेरिका आईयो भन्दै गदगद हुइञ्छ l आफन्त भेट्दा झन् मन कति हो कति खुसि हुन्छ l अनुहार चहक हुन्छ l झोक्राएर आएको छ भने अनि अमेरिकामा प्रथम पटक जमिनमा खुट्टा टेक्दा निकै चरम आनन्द आउछ l  सोचेको भन्दा देश अति राम्रो लागेकोले निन्द्रा पनि कुम्भकर्ण जस्तै लाग्छ l

तेश्रो ,जागिर पाउदा : हामी अमेरिका कमाउन आएकोले कमाउने भए पछि दंगको सिमा नै हुदैन l जीवनमा कहिले काम नगरेकाले पनि अमेरिकामा काम पाउने हुनाले दुवै पुरुष तथा महिलाको मन फुरुंग हुन्छ l डलरको चस्का परे पछि प्रफुल्लित हुने गरिन्छ l

चौथो ,स्थाई आवासीय पत्र तथा सामाजिक सुरक्षा पत्र : अमेरिका आए पछि सबै भन्दा महत्वपूर्ण कुरा भनेको स्थाई आवासीय पत्र ( ग्रिन कार्ड)तथा सामाजिक सुरक्षा पत्र (सोसल सेकुरिटी कार्ड )को हुन्छ l यो भएन भने हात बाधिन्छ l  यी प्राप्त भए पछि अमेरिकाको माटोमा रमाएर बस्न पाइने हुन्छ l भीमकाय काम भएकोले हर्सोल्लास छाउछ l दंग परिन्छ l खुलेर हासिन्छ l

पाचौ ,नागरिकता : अमेरिका आउने अधिकांसले नागरिकता लिने कोसिस गर्छन l नागरिकता पाए पछि त्यो भन्दा ठुलो दिन केहि हुदैन l मानिस मक्ख पर्छन l अत्यधिक हर्ष लाग्छ l मुसु मुसु र खित्का छोडेर हास्न मन लाग्छ l जीवनको अन्तिम लक्ष्य प्राप्त भएकोमा अनुहारको रंग नै बदलिन्छ l

छैठौ ,घर किन्दा : नेपाल छोडेर सदा को लागि अमेरिका आएकाले घर किन्ने दाउमा हुन्छन l नेपालमा भएको घर बेच्ने र यहाँ लगानी गर्ने प्रचलन भएकोले यहाँ थपथाप गरि घर किन्ने र जोड्ने भए पछि मानिस अत्यधिक खुसि देखिन्छन l घर किने पछि आनन्द लाग्दछ l मख्ख परिन्छ l बत्तीस दन्त देखाउदै हासिन्छ र दंग हुइञ्छ l

सातौ ,सवारी अनुमति चालक अनुमति पत्र :

गाडी हाक्न नेपाल भएता सरला भएता पनि ज्यादै गाडीको चाप भएकोले सवारी साधन चलाउनु भन्दा चालक अनुमति पत्र लिनु अत्यधिक ठुलो कुरा ठानिन्छ l लिखित परिक्षा र सडक परीक्षामा उत्रीण भए पछि युद्ध जिते जस्तै हुन्छ l जति खेर पनि हास्न मन लाग्छ l ठुलो तगारो पार लागे पछि मानिस दंग र फुरुंग हुन्छ l

यसरि अमेरिकामा बसोबास गर्ने नेपाली सात पटक दंग र ख़ुशी हुन्छन l

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com