भक्तपुर ६ पुस ।
कानुनमन्त्री अजय शंकर नायकले राष्ट्रवादको कुरा गर्ने र मधेसको माग सम्बोधन गर्ने अन्तिम विकल्प स्थानीय तहको निर्वाचन भएको बताएका छन् । रफत सञ्चार क्लबले बुधबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा नायकले भने ‘वर्तमान समयमा जसले जे भने पनि राष्ट्रको पहिलो आवश्यकता र सबैको मिलन बिन्दु स्थानीय तहको निर्वाचन नै हो । मधेसी मोर्चा र एमाले आ–आफ्नो हठ् त्याग्दै निर्वाचनको वाताबरण बनाउन लाग्नुपर्छ ।’
सबैले स्थानीय तहको निर्वाचनको बिषय उठाइरहेपनि विपक्षी दलहरुले संसद बैठक अवरुद्ध गरेर अर्कै रुप देखाएको मन्त्री नायकको आरोप छ । निर्वाचन विधेयक पास गरेर तोकिएकै समयमा तीन वटै तहको निर्वाचन सम्पन्न गर्नुपर्नेमा उनले जोड दिए ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।