नेपालमा यौन शोषणमा परेका बालबालिकाहरुका लागि स्कुलबस किन्ने रकम जुटाउन क्राउडराइजमा आर्थिक संकलन अभियान सुरु गरिएको छ । अमेरिकाको नर्थ क्यारोलिना निवासी मिया कोलोरेडो मेन्सफिल्डले ३० हजार अमेरिकी डलर संकलनको लक्ष्य सहित यो अभियान सुरु गरेकी हुन् ।
यौन शोषणमा परेका बालबालिकाहरुलाई संरक्षण प्रदान गरिरहेको संस्था रक्षा नेपालले यौन शोषणमा परेका बालबालिकाहरुलाई विद्यालय लैजान स्कुलबस किन्ने योजना बनाएको हो । रक्षा नेपालको सुरक्षित घरमा हाल ४ देखि १४ बर्ष उमेर समुहका २५ जना बालबालिकाहरु छन् ।
ती बालबालिकाहरु विद्यालय जाँदाआउँदा समेत खतरामा रहेकाले रक्षा नेपालले उनीहरुले विद्यालय लैजान र विद्यालयबाट ल्याउन स्कुलबस किन्ने योजना बनाएको हो ।
साथै स्कुलबस भएको खण्डमा बालबालिकाहरु नयाँ ठाउमा घुम्न जान पाउने र विद्यालयका अतिरिक्त कक्षापनि सहजै लिन पाउने भएकाले आर्थिक संकलन अभियानमा सघाउन सबैसँग अनुरोध गरिएको छ ।
[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।