निर्मला हत्या प्रकरणः पक्राउ परेका २ जना आरोपित फरक समयमा प्रहरी नियन्त्रणमै रहेको खुलासा


प्रकाशित मिति : मंसिर २३, २०७५ आईतबार

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा संलग्न भएका आरोपित निर्दोष हुने संकेत देखिएको छ ।

हत्या आरोपमा संलग्न रहेको आरोपमा पक्राउ परेका प्रदिप रावल, बिशाल चौधरी र दिनेश चौधरी निर्मलाको बलात्कार पछि हत्याका दिन फरक समयमा प्रहरी नियन्त्रणमै रहेको खुलासा भएको हो ।

साउन ९ गते राति कञ्चनपुरको भीमदत्तनगर–१८ भगतपुरमा पाले चौधरीले सञ्चालन गरेको मासु पसलबाट कुखुरा चोरी हुन्छ । पाले चौधरी बिहानै अस्थायी प्रहरी चौकी सालघारीमा उजुरी लिएर पुग्छन् । पालेकै शंकाको आधारमा प्रहरीले स्थानीय प्रदीप रावललाई साढे १० बजेको समयमा पक्राउ गर्छ । प्रदीपले आफूले कुखुरा नचोरेको र विशालले चोरेको हुनसक्ने बताएपछि प्रहरीले प्रदीपलाई साढे १० बजेदेखि ११ बजेको समयमा छाडिदिन्छ । १० गते साँझ ६ बजे आसपासको समयमा कुखुरा चोरेको आरोपमा स्थानीय विशाल चौधरी पक्राउ पर्छन् ।

साँझ पक्राउ परेका विशाललाई वडा प्रहरी कार्यालयको हिरासतमा राखिएको थियो । साउन ११ गते बिहान ११ बजेसम्म पनि पाले चौधरीले प्रहरीमा सम्पर्क नगरेपछि विशाललाई प्रहरीले छाडेको थियो । साउन १० गते प्रदीप र विशाललाई प्रहरीले पक्राउ गरेको थियो । तर बिहान ११ बजेअघि नै साउन १० गते प्रदीप छाडिएका थिए भने साँझ ६ बजे पक्राउ परेका विशाल ११ गते बिहान छुटेका थिए । अनुसन्धानका क्रममा निर्मला पन्तको हत्या साउन १० गते दिउँसो २ देखि ३ बजेको समयमा भएको हुनसक्ने खुलेको छ । जबकी निर्मलाको हत्या दिउँसै भए पनि शव व्यवस्थापन १० साउन राति परेको पानी थाकेपछि गरिएको लगभग पक्का देखिन्छ । प्रत्यक्षदर्शी र उपलब्ध भिडियो फुटेज अनुसार ११ साउन १० बजे शव पाइएको स्थान नजिक निर्मलाका किताब नभिजेको अवस्थामा पाइएका थिए । १० साउन रातभर त्यसक्षेत्रमा घनघोर बर्सात भएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

निर्मला पन्त साउन १० गते बिहान ११ बजे घरबाट निस्किएकी उनी बेपत्ता भएकी थिइन् । त्यसको भोलिपल्ट बलात्कारपछि हत्या गरिएको अवस्थामा उखुबारीमा शव फेला परेको थियो ।

उनीहरूको बयानमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल आफैँ उपस्थित भएका थिए । आईजीपीको उपस्थितिमा भएको बयानमा प्रदिपले आफू हत्यामा संलग्न रहेको प्रारम्भिक बयान दिएको प्रहरी स्रोतले बतायो । प्रहरीले उनीहरुबारे सार्वजनिक गरेको छैन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com