वीरता जेसीजले दियो ८४ विद्यार्थीलाई छाता


प्रकाशित मिति : मंसिर २३, २०७५ आईतबार

वीरता जेसीजको आयोजनामा आज आइतबार इलामको रोङ गाउँपालिका–१ शान्तिपुरस्थित ज्योति आधारभूत विद्यालयका विद्यार्थीलाई छाता वितरण कार्यक्रम सम्पन्न भएको छ ।

वीरता जेसीजका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको समारोहमा विद्यालयका ८४ विद्यार्थीलाई छाता वितरण गरिएको थियो । वीरता जेसीजका कार्यक्रम संयोजक अनन्तलाल महतोले औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा प्रधानाध्यापक चन्द्रकुमार प्रधानले विद्यार्थीका लागि अति आवश्यक छाता प्रदान गरेकोमा धन्यवाद ज्ञापन गरे ।

उक्त क्षेत्रमा अधिकांश दिनहरु पानी पर्ने र त्यही कारण विद्यार्थी विद्यालय नजाने समस्या भएका बेला जेसीजले प्रदान गरेको छाताले वर्षात तथा चर्को घामको समयमा पनि अब विद्यार्थीलाई विद्यालय जान सहज हुने प्रधानाध्यापक प्रधानको भनाइ थियो ।

विपन्न आर्थिक अवस्थाका अभिभावकले छाता लगायतका सामग्री किनेर विद्यार्थीलाई विद्यालय पठाउन समस्या भइरहेका बेला जेसीजको सहयोगले राहत मिलेको विद्यालयका शिक्षक नन्दलाल कार्कीले बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कार्यक्रममा प्रकरण निर्देशक विशाल थापाले आस्था वाचन गरेका थिए भने महासचिव विनोद पाण्डे, कोषाध्यक्ष जीवनकुमार खड्का, सहकोषाध्यक्ष घनश्याम चौधरीले आगामी दिनमा पनि विद्यालयका लागि आवश्यक सहयोग गर्ने बताए ।

कार्यक्रममा शान्तिपुर एकता समाजका सदस्य शम्भु दाहाल लगायतले मन्तव्य राखेका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com