क्यालिफोर्नियामा कारको ठक्कर बाट नेपाली महिलाको मृत्यु


प्रकाशित मिति : पुस ५, २०७३ मंगलबार

अमेरिकाको क्यालिफोर्निया राज्यको सान्डियगोमा शनिबार राती ११ बजेर ४५ मिनटमा नेपाली महिला सरिता शाक्यको कार दुर्घटनामा मृत्यु भएको छ । स्वस्थ्य परिचारिका पेसामा संलग्न मृतक शाक्य की ४ बर्षीय छोरी छिन् । दिउसोको समय छोरीसंग बिताउने र राती काम गर्ने शाक्यलाई मादक पदार्थ सेवन गरेकी चालकले ठक्कर दिएकी थिइन् ।

मादक पर्दाथ सेवन गरेर चालकले गलत मार्गमा बिपरीत दिशामा गाडी कुदाउदा दुर्घटना भई नेपाली महिला शाक्यको ज्यान गएको स्थानीय संचारमाध्यमहरुले जनाएका छन् । मादक पदार्थ सेवन गरेकी चालकले राति ११ बजेर ४५ मिनटमा गलत बाटोमा गाडी चलाएर मृतक शाक्यले चलाई रहको टोयोटा कोरोलालाई ठक्कर दिएकी थिइन् ।

गाडी ठोक्किएपछि मृतक शाक्यले चलाई रहेको गाड़ीमा आगजनी भएको थियो । क्यालिफोर्निया राजमार्ग प्रहरी गस्ती प्रहरी अधिकारी स्टीवन रोबिनसनले मादक पदार्थ सेवन गरी गाड़ी दुर्घटना बनाउने ३४ बर्ष की महिलालाई उपचारपछि जेल सजाय हुने बताएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com