युवा संघ रुपन्देहीका अध्यक्षको हत्याको कारण आर्थिक लेनदेन


प्रकाशित मिति : पुस ५, २०७३ मंगलबार

युवा संघ नेपाल रुपन्देहीका अध्यक्ष दुर्गा तिवारी माथी  गोली प्रहार गरि हत्या गरिएको छ ।

गोली प्रहारबाट घाईते बनेका अध्यक्ष तिवारीको  देवदह मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । तिवारी माथी दिउंसो करिब साडे ३ बजे देवदह ६ खैरनी स्थीत उनको घर नजिकै गोली प्रहार भएको हो । उनको मुटुमा गोली लागेको अस्पतालले जनाएको छ ।

देवदह नगरपालिका कार्यलय जाने क्रममा घरबाट करिब ३ सय मिटर पर उनी माथी गोली प्रहार भएको हो ।

एक उच्च प्रहरी अधिकारीका अनुसार घटनापछि मनोज राना पुन नाम गरेका व्यक्तिले घटना आफूले गराएको भनेका छन् । तर, प्रहरीले भने औपचारिक जानकारी नआएको बताएको छ ।

तिवारीको केवीआई इँटा उद्योग छ । प्रहरीका अनुसार करिब ६ महिना अघि उद्योगमै उनीमाथि आक्रमण भएको थियो । उक्त घटनामा संलग्न ८ जना पक्राउ परेपछि मनोज भागेका थिए ।

तिवारी र मनोज दुवैजना तत्कालिन युथफोर्समा कार्यरत थिए । युथफोर्समा रहँदा मनोज संगठनको आडमा पैसा उठाउँथे । तिवारीलाई उनको ब्यवहार चित्त बुझेको थिएन् । त्यसपछि तिवारीकै आग्रहमा मनोजलाई युथफोर्सले संगठनको साधारण सदस्य पनि नरहनेगरी निष्कासन गरेको थियो । राजनीतिक प्रतिसोधकै आधारमा तिवारी माथी गोली प्रहार भएको देखिन्छ ।

राजनीति सँगै दुर्गा तिवारी रुपन्देहीमा इट्टाभट्टा ब्यवसाय पनि गर्थे । इट्टा ब्यवसायबाट राम्रै आम्दानी गरेका तिवारीलाई पछिल्लो समय मनोजले पैसा नदिए ज्यान मार्ने धम्कि समेत दिँदै आएका थिए । पहिलो पटक गोली हान्नुको एउटा कारण पैसा पनि थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com