२ वर्षभित्र जापानमा ६९ विदेशी प्राविधिक प्रशिक्षार्थी कामदारहरुको मृत्यु


प्रकाशित मिति : मंसिर २२, २०७५ शनिबार

सन् २०१५ देखि सन् २०१७ को बीचमा जापानमा ६९ जना विदेशी प्राविधिक प्रशिक्षार्थी कामहरहरुको मृत्यु भएको तथ्य सार्वजनिक भएको छ । सार्वजनिक प्रतिवेदनमा ट्राफिकका कारण भएको दुर्घटना, बीरामी, आत्महत्या वा अन्य कारणले जापानमा आएका प्राविधिक प्रशिक्षार्थी कामदारहरुको मृत्यु भएको बताइएको छ ।

बढीभन्दा बढी विदेशी कामदार जापान भित्राउने विवादास्पद विधयेक पास हुने तयारीमा रहेका बेला जापानको कन्सटिट्युशल डेमोक्रयाटिक पार्टीले यो दस्तावेज सार्वजनिक गरेको हो । दस्तावेजमा मृत्यु भएको मिति, राष्ट्रियता, उमेर, लिङ्ग र पेशा पनि उल्लेख गरिएको छ ।

यसबारेमा सरकारले छानबीन र अनुसन्धान अघि बढाउनु पर्ने र यसको परिणाम जनतामाझ सार्वजनिक गरिनुपर्ने यस मामिलासँग सम्बन्धित र गैर नाफामूलक संस्था सोलिडारिटि नेटवर्कले बताएको छ ।

यस दस्तावेज सार्वजनिक भएपछि जापानी प्रधानमन्त्री सिञ्जो आवेले यस बारे आफूले पहिलो पटक सुनेको र यसलाई के भन्ने भन्ने आफूलाई थाहा नभएको बताएका छन् । त्यस्तै न्याय मन्त्रालयले यसबारे थप अनुसन्धान गर्ने आफूले विश्वास लिएकोे उनले अगाडि बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गोपनियताका कारण व्यक्तिगत मामिलाबारे सूचना सार्वजनिक गर्ने न्याय मन्त्रालयको कुनै योजना नभएको न्याय मन्त्री ताकासी यामाशिताले जानकारी दिए । जापानले चरम श्रमिक अभावका कारण बढी भन्दा बढी विदेशी कामदार भित्रयाउन आवश्यक कदमहरु चालिरहेको छ ।

सरकारी तथ्यांकअनुसार गतबर्ष अक्टोबरसम्ममा जापानमा २ लाख ५८ हजार प्राविधिक प्रशिक्षार्थी कामदारहरु कार्यरत थिए जुन जापानमा काम गरिरहेका विदेशी नागरिकहरुमध्येको २० प्रतिशत संख्या हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com