यसरी हेर्नुहोस् मिस वर्ल्डको प्रत्यक्ष प्रशारण निशुल्क
प्रकाशित मिति : मंसिर २२, २०७५ शनिबार
चीनको सान्यामा हुने मिस वर्ल्डको प्रत्यक्ष प्रशारण भारतको जुम टिभीले गर्ने भएको छ । जुम टिभीको फेसबुक पेजमा गएर मिस वर्ल्डको प्रत्यक्ष प्रशारण निशुल्क हेर्न सकिने जनाइएको छ ।

जुम टिभीको फेसबुकमा लाइभ हेर्न यहाँ क्लिक गर्नुहोला ।
त्यस्तै जुम टिभी डटकममा गएर पनि मिस वर्ल्ड प्रत्यक्ष प्रशारण हेर्न सकिनेछ । नेपाली समय अनुशार आज बेलुका पौने ५ बजेदेखि मिस वर्ल्डको प्रत्यक्ष प्रशारण सुरु हुनेछ ।
त्यस्तै रोम्डी नाओ टिभीमा पनि प्रत्यक्ष प्रशारण हेर्न सकिने जनाइएको छ । मिस वर्ल्डको आधिकारिक वेवसाइटमा पनि प्रत्यक्ष प्रशारण गरिने तर त्यसका लागि शुल्क लाग्ने जनाइएको छ ।
नेपाली युवती श्रृंखला खतिवडा मिस वल्र्डको टप ३० मा परिसकेकाले नेपालीहरुले पनि मिस वल्र्डको ब्यग्रताका साथ प्रतिक्षा गरिरहेका छन् ।






