अमेरिका : ट्राफिक प्रहरीले रोक्न खोज्दा भाग्ने १२ जनालाई देशनिकाला गरिने


प्रकाशित मिति : मंसिर २१, २०७५ शुक्रबार

अमेरिकाको डेलावरमा ट्राफिक प्रहरीले रोक्न खोज्दा भाग्ने १२ जनालाई देशनिकाला गरिने भएको छ । डेलावर रिभर एण्ड बे अथोरिटीले उनीहरु देशनिकालाको प्रकृयामा रहेको जनाएको छ ।

बुधबार विहान डेलावर रिभर एण्ड बे अथोरिटीले एउटा एसयुभी गाडीलाई रोक्न खोजेको थियो । पुल ओभरका लागि गरेको आग्रहलाई वेवास्ता गर्दै त्यो गाडी नजिकैको दबदबे क्षेत्रतिर प्रवेश गरेको थियो ।

के कारणले त्यो गाडीलाई रोक्न खोजिएको थियो भन्नेबारे केही पनि स्पष्ट छैन । तर गाडी महिलाको जेलतर्फ गएपछि केहीबेरका लागि जेल नै बन्द गर्नुपरेको थियो ।

गाडीमा भाग्ने सबैलाई हिराशतमा लिइएको छ । उनीहरुलाई अपराधको अभियोग लगाइएको छ । उनीलाई आइसले देशनिकालाका लागि नलैजाँदासम्म त्यहीको हिराशतमा राखिने जनाइएको छ ।

अमेरिकामा तपाईको गाडी प्रहरीले रोकेमा के गर्ने ? (१२ टिप्स)

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com