अमेरिकामा तपाईको गाडी प्रहरीले रोकेमा के गर्ने ? (१२ टिप्स)


प्रकाशित मिति : भाद्र १२, २०७५ मंगलबार

तपाईले गाडी चलाइहेको बेलामा ट्राफिक नियमको उल्लंघन वा अन्य कुनै कारणवश तपाईले प्रहरीले रोक्न सक्छ । यसरी रोक्ने क्रममा तपाईले कैयन सावधानीहरु अपनाउनुपर्ने हुन्छ, अन्यथा प्रहरीले तपाईमाथि गोली समेत चलाउन सक्छ ।

– यदि तपाईले प्रहरीले साइरन वा आपतकालिन बत्ति बाल्दै पछ्याइरहेको छ भने तपाईले गाडीलाई दायाँतिर लग्दै सडकको छेउमा सुरक्षित तरिकाले रोक्नुपर्छ । पछ्याएको थाहा पाउनासाथ जतिसक्दो छिटो गाडी साइड लगाएर रोक्नुपर्छ । यसबाट तपाई गाडी चलाइरहँदा आसपासमा भइरहेका गतिविधिप्रति पनि सचेत भएको संकेत मिल्छ ।

– गाडी रोक्ने क्रममा आफ्नो रिसलाई काबुमा राख्नुपर्छ । बायाँबाट दायाँ तिर गाडी लैजाने क्रममा टर्न सिग्नल दिनुपर्छ । गाडीको गति विस्तारै घटाउँदै लग्नुपर्छ । आत्तिएर एक्कासी रोक्न खोज्दा प्रहरीको गाडीले तपाईको गाडीलाई ठक्कर दिनसक्छ ।

– सुरक्षित स्थानमा रोकिसकेपछि गाडीको इन्जिन सामान्यहिसाबले बन्द गर्नुपर्छ । तपाईले यो अवस्थामा प्रहरीलाई केही शब्दमार्फत सम्मानपनि दर्शाउन सक्नुहुन्छ । तपाईले झ्यालको सिसा तल झार्नुपर्छ । तर तपाईको हात स्टेरिङमा हुन जरुरी छ । यदि अध्यारो छ भने तपाईले गाडीभित्रको बत्ति बाल्नुपर्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

– तपाईले प्रहरीलाई त्रास सृजना हुने खालको कुनै गतिविधि गर्नु हुँदैन । किनभने यसरी गाडी रोक्दा प्रहरीहरु अपराधीहरुको गोलीबाट मारिएका कैयन घटनासमेत छन् । प्रहरीको लागि पनि गाडी रोकेर नजिक पुग्नु सबैभन्दा जोखिमपूर्ण काम भएकाले प्रहरी अधिकारीले त्रासको आकलन गरेर सजगता अपनाएका हुन्छन् ।

– प्रहरीले आदेश नगर्दासम्म तपाई गाडीबाट बाहिर निस्कनु हुँदैन । साथै पछाडिको खल्तीबाट लाइसेन्स वा डब्बाबाट कागजात निकाल्न हतार नगर्नुहोला । तपाईले हतियार निकाल्न लागेको आशंका गरेर प्रहरीले जोखिमको अनुभव गर्न सक्छ । त्यसैले तपाईको लाइसेन्स वा कागजात खल्तीमा वा डब्बामा छ भने प्रहरीले जानकारी गराएर प्रहरीले अनुमति दिएपछि निकाल्नुपर्छ । झुक्ने, हातखुट्टा यताउता चलाउने गर्दा प्रहरीले हतियार निकाल्न लागेको आशंका गर्दै गोली चलाएका कैयन घटनाहरु छन् ।

– नआत्तिनुहोस् । शान्त रहनुहोस् । लागुऔषधको काम वा मादक पदार्थ सेवन गरेर गाडी चलाएको अवस्था बाहेक अरु अबस्थामा तपाई नर्भस हुनुपर्ने कुनै कारण छैन । तपाईले थोरै जरिवाना तिर्नुपर्ने हुनसक्छ वा इन्सुरेन्स केहीमात्रामा बढ्न सक्छ । शान्त तरिकाले कुरा गर्नुहोस् ।

– यदि तपाई टिकटको बिरुद्ध कानुनी लडाई लड्ने योजना बनाउनुभएको छ भने उत्तर छोटो दिनु उपयुक्त हुन्छ । प्रत्यक्ष रुपमा आफ्नो गल्ती कबोल गर्नुभन्दा मलाई थाहा छैन भनेर जवाफ दिनु उपयुक्त हुन्छ । प्रहरीले तपाईलाई के गल्ती गर्नुभयो थाहा छ भनेर सोध्न सक्छ । तपाईले मैले गाडी बढी स्पीडमा चलाएको थिएँ भन्नु भन्दा थाहा छैन भन्नु उपयुक्त हुन्छ ।

– कतिपय साना गल्तीका लागि तपाईले माफ मागेर समेत छुटाकारा पाउनुहुनसक्छ । मलाई माफ गर्नुहोस् अर्कोपटकदेखि यस्तो कुरामा ख्याल गर्छु भनेर नम्र तरिकाले माफी मागेर पनि छुटकारा पाउन सक्नुहुन्छ ।

– सामान्यतया ट्राफिक नियम उल्लंघन गरेको मामलामा प्रहरीलाई तपाईको गाडी सर्च गर्ने अधिकार हुँदैन । तर त्यसमा पनि केही अपवादहरु छन् । प्रहरीले सामान्य तरिकाले हेर्दा तपाईले केही लुकाउन खोजेको पाएमा, बियरको खुल्ला बोटल देखेमा, लागु पदार्थ भरिएको आशंकाका बिडीहरु देखेमा घटना थप जटिल बन्नसक्छ । यदि तपाईलाई गिरफ्तार गरिएमा र गाडी जफत गरिएमा प्रहरीले गाडीभित्र खानतलासी पनि लिनसक्छ ।

– ट्राफिक उल्लंघनका क्रममा रोक्ने प्रहरी अधिकारीले तपाईलाई गाडीबाट बाहिर निस्कन समेत बाध्य पार्नसक्ने अधिकार छ । यदि प्रहरीले गाडीबाहिर निस्कन आदेश वा अनुरोध गरेमा तपाईले कुनै बाधा व्यवधान खडा नगरी बाहिर निस्कनुपर्छ । प्रहरीले त्यतीबेला तपाईको शरिरको खानतलासी गरेर हतियारको रुपमा प्रयोग हुनसक्ने जोखिमपूर्ण बस्तुहरु कब्जामा लिनसक्छ ।

– तपाई आफूमात्र नबोली प्रहरी अधिकारीलाई बोल्न दिनुपर्छ । अधिकारीले लाइसेन्स, रजिस्ट्रेशन वा इन्सुरेन्सको प्रमाण मागेमा ओके, स्योर जस्ता शब्दहरु प्रयोग गरेर त्यस्ता कागजातहरु दिनुपर्छ । कागजात दिइसकेपछि तपाईले आफ्नो हात स्टेरिंगमा राख्नुपर्छ । अधिकारीले नमाग्दै पहिले नै कागजात ठिक्क पारेर दिने हतारो पनि गर्नुहुँदेन । सामान्यतया तपाईले रोक्ने क्रममा नै प्रहरीले तपाईलाई टिकट दिने निश्चय गरिसकेको हुन्छ । तर कहिलेकाँही चेतावनीमात्र दिनका लागि रोकेको भएमा तपाईले नराम्रो व्यवहार गरेको खण्डमा टिकट पाउन सक्नुहुन्छ । प्रहरीले कुनै सोधीखोजी गर्दा तपाईले धेरै तर्कवितर्क गर्नु हुँदैन । बरु तपाईलाई चुप बस्ने अधिकार छ । तपाईले गल्ती नगरी टिकट पाउनुभएको खण्डमा तपाईलाई अदालतमा जाने अधिकार छ ।

– सामान्यतया ट्राफिक नियम उल्लंघनको केसमा तपाईले वकिल लगाउनु आवश्यक पर्दैन । तर मादकपदार्थ सेवन गरेर गाडी चलाएकोबेलामा प्रहरीले भेटाएमा भने तपाईले अनुभवप्राप्त वकिल लगाउनुपर्छ ।

जनचेतनाका लागि नोलोबाट साभार ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com