अन्तरास्ट्रीय नेपाली समाज बेलायतको अधिबेसन १९ मार्चमा


प्रकाशित मिति : पुस ४, २०७३ सोमबार

अन्तरास्ट्रीय नेपाली समाज बेलायतको  बैठकले संस्थाको अधिबेसन मार्च १९ तारिख २०१७ मा गरेर नयाँ शक्तिको बैदेशिक संगठनमा प्रथम निर्वाचित कार्यसमिति चयन गर्ने तया।री सुरु गरेको छ। अधिबेसन स्थानको निर्क्योल आगामी अनलाइन बैठक मार्फ़त गरिने भएको छ ।

अधिबेसन तयारीको लागी सुरोज मास्केलाई आर्थिक विभाग, दीपक गैरेलाई संगठन विभाग र कर्मा पहाडीलाई व्यवस्थापनको जिम्मा दिइएको छ ।

बैठकको प्रथम चरणमा डा बाबुराम भट्टराई लगायत केंद्रीय नेताहरुको बेलायत भ्रमणको समीक्षा गरिएको थियो भने दोश्रो चरणमा आर्थिक समीक्षा र डा बाबुराम भट्टराईले भिडियो मार्फ़त सम्बोधन गर्नु भएको थियो ।

अधिबेसनमा प्रबिधीको माध्यमबाट नयाँ शक्तिको संगठन संरचना र सिद्धान्तलाई ब्यबहारको कसिमा घोटेर नयाँ प्रयोग गरिने महासचिव जगन कार्कीले बताए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com