मारिएकी लक्ष्मीका बच्चाको संरक्षण गर्न सरकारसँग माग


प्रकाशित मिति : पुस ४, २०७३ सोमबार

सानोवाङथली ७, काभ्रेकी ३२ वर्षीय लक्ष्मी परियारलाई स्थानीय शिक्षक हिरा लामा र निजकी आमा काइलीमाया लामा लगायतले मलमुत्र खुवाइ कुटपिट गरेका कारण मृत्यु भएकोमा नेपाली अमेरिकन सोसाइटी फर अप्रेस्ट कम्यूनिटी नासोले आफूहरु लयागत विश्वभरीका नेपालीहरु तथा आम न्यायप्रेमी विश्व समुदाय स्तब्ध भएको जनाएको छ । नासोका अध्यक्ष गोपाल विश्वकर्माले वक्तब्य जारी गर्दै यो घटनाले सवैको शिर झुकाएको र लोकतन्त्र तथा न्यायप्रति लज्जाबोध गराएको भन्दै घटनाको घोर भत्सना गरेको छ ।

नासो कम्यूनिटी अमेरिकाले यस घटनालाई जातीय विभेदको आडमा भएको मानवता विरुद्धको घोर अपराधको रुपमा लिएको छ । एउटी दलित महिला माथि यति अमानवीय, क्रुर र बर्बर घटना हुनु अत्यन्त निन्दनीय भन्दै यसले राष्टिय र अन्तराष्टिय कानुनको खिल्ली उडाएको नासोको भनाई छ ।

वक्तब्यमा भनिएको छ – ‘दलित तथा उत्पीडित समुदाय माथि श्रृंखलाबद्ध विभेद र हत्याले राज्यको उदाशिनताको वोध गर्दछ । जनताको शान्ति सुरक्षाको जिम्मा लिएको प्रहरी प्रशासनबाटै घटनाको ढाकछोप गरीनुले विधिको शाशन माथि प्रश्न उठेको छ । तसर्थ, प्रहरी प्रशासनको यस्तै प्रवृति कायमै रहे देश  दण्डहिनतातिर लम्किने प्रस्ट छ । त्यसैले हामी नेपाल सरकारको गम्भिर ध्यानाकर्षण गराउन चाहन्छौं ।’
वक्तब्यमा अझ अगाडि भनिएको छ – ‘घटना भएको यतिका दिन सम्म पनि सत्य तथ्य बाहिर नल्याउनु र घटनामा संलग्न दोषिहरुलाई कार्वाही प्रक्रिया अगाडि नबढाउनु राज्यको चरम लाचारीपना हो । त्यसैले घटनामा संलग्न दोषिहरुलाई यथाशिघ्र कार्वाहीको हामी जोडदार माग गर्दछौं । साथै, पिडित वस्तीमा डर, त्राश र प्रमाण मेटाउन अन्य अर्को अपराधिक घटना हुने प्रवल साम्भावना रहेको हुनाले, उक्त वस्तीमा शान्ति सुरक्षा कडा बनाईयोस् भनी नेपाल सरकारसंग जोडदार माग गर्दछौं । यस्ता घटनाहरुमा बारम्बार राज्यले उदासिनता देखाई रहे नासो कम्यूनिटी अमेरिका लगायतका संघसंस्थाहरु न्यायका लागि अन्तराष्टिय अदालतसम्म जान सक्ने चेतावनी पनि दिन चाहान्छौं ।’

पिडित परिवारलाई उचित क्षतिपूर्ति र मृतकको बाल बच्चाको संरक्षण राज्याबाट गरिनु पर्ने माग गर्दै वक्तब्यमा राज्यवाट उक्त पिडित बालबच्चाहरुको संरक्षण पाउनु उसको संविधान प्रद्धत्त र सर्वव्यापी वाल अधिकार भएकाले उक्त बालबच्चाहरुको निशुल्क शिक्षा र सम्पुर्ण लालनपालनको ग्यारेन्टी गर्न नेपाल सरकारसंग माग गरिएको छ ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

बक्तब्यमा भनिएको छ – ‘संयुक्त राजनीतिक दलित संङघर्ष समिति र दलित नागरिक समाज लगायत विभिन्न अधिकारिकर्मी संघ संस्थाहरुले गरेको आन्दोलन र मागहरु प्रति नासो कम्यूनिटी अमेरिका ऐक्यबद्धता जनाउदै यसप्रकारका घटनाहरु दोहोरिन नदिन निरन्तर दबाब र खबरदारीका लागि नेपालका आम राजनीतिक दल, राजनीतिक भातृ सङ्गठनहरु, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानवअधिकारवादी संघसंस्था, नागरिक समाज,प्रवासमा रहेका दलित तथा उत्पीडित संघ संस्था, गैरआवसीय संघ संगठन र आम सञ्चार क्षेत्रलाई हार्दिक अपील गर्दछौं ।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com