अमेरिकामा धादिङ नेपाली समाजले रक्तदान कार्यक्रम गर्दै


प्रकाशित मिति : मंसिर १९, २०७५ बुधबार

अमेरिकामा धादिङ नेपाली समाजले रक्तदान कार्यक्रम गर्ने भएको छ। बिभिन्न समाजिक कार्य गर्दै आइरहेको सामाजिक संस्था ‘धादिङ नेपाली समाज’ले रक्तदान नै जीवनदान हो भन्ने मुला नारा बोकी यही आउँदो डिसेम्बर २३ तारिख बिहान १० बजेदेखि ५ बजेसम्म एल्म हर्स्ट हस्पिटल्, ब्लड डोनर रूम डि १–१०१ कुइन्समा रक्तदान कार्यक्रम आयोजना गरेको छ।

बिशेष गरी धदिङमा जन्मेका र धदिङमा स्थायी घर भएका अनि प्रबासमा बिभिन्न कार्य गर्दै आइरहेका नेपालीहरुको साझा सस्था धादिङ नेपाली सस्था हो। यो संस्थाले प्रबासमा मात्र होईन धादिङ जिल्लामा आपत बिपत पर्दा पनि सहयोग गर्दै आइरहेको छ।

२०१७ मा स्थापना भएको धादिङ नेपाली समाज विशुद्ध सामाजिक संस्था हो। धादिङ नेपाली समाज अमेरिकाको प्रथम महाधिवेशनबाट सर्वसम्मत अध्यक्षमा निर्वाचित दिवाकर पाण्डेले आफ्नो पहिलो शुभकार्यको थालनी नै रक्तदान जस्तो पबित्र कार्यबाट सुरु गरेका छन्।

प्रवासमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनीलाई एक पटक रक्तदान गर्ने स्थानसम्म आइ सहयोग गरिदिन अनुरोध गरेका छन्।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com