भोलि युएससीआईएसका सबै कार्यालयहरू बन्द, कैयन अप्वाइन्टमेन्ट र अन्तरवार्ता हप्तौं पछि सारिने


प्रकाशित मिति : मंसिर १८, २०७५ मंगलबार

अमेरिकी सरकारले भोलि बुधवार राष्ट्रीय शोक दिवसको घोषणा गरेको छ । पूर्व राष्ट्रपति जर्ज डब्ल्यू बुसको मृत्युमा शोक मनाउन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डिसेम्बर ५ लाई शोक दिवसको घोषणा गरेका हुन् ।

अमेरिकाका ४१ औं राष्ट्रपतिको मृत्युमा शोक मनाउन भोलि अमेरिकाका सबै सरकारी कार्यालयहरू बन्द हुनेछन्। भोलि युएससीआईएसका सबै कार्यालयहरू बन्द हुनेछन् भने अध्यागमन सम्बन्धित सबै अन्तरवार्ताहरू अर्को मितिमा सारिने भएको छ ।

भोलिका लागि तय भएका सबै नागरिकता वितरण कार्यक्रम र अप्वाईन्टमेन्ट पनि अर्को मितिमा सारिने युएससीआईएसले जनाएको छ ।

भोलिका लागि तय भएका सबै बायोमेट्रिक अप्वाईन्टमेन्ट पनि पछि सारिएको छ । नयाँ मिति सहितको सुचना ३ साताभित्र आवेदकलाई पठाउने युएससीआईएसले जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com