क्यानडामा नेपाली विद्यार्थी जाने क्रम बढ्दो


प्रकाशित मिति : पुस ३, २०७३ आईतबार

क्यानडामा अध्ययनका लागि नेपाली विद्यार्थीहरु जाने क्रम बढ्दो रहेको छ । सन् २०१६ को पछिल्लो दुई क्वाटरमा क्यानडामा ७७ जना नेपाली विद्यार्थीहरुले भिसा प्राप्त गरेका छन्, जुन २०१५ को सुरुको दुई क्वाटरका तुलनामा धेरै हो । त्यस्तै सन् २०१५ मा १५० जना नेपालीहरुले क्यानडाको विद्यार्थी भिसा प्राप्त गरेका थिए भने सन् २०१४ मा १४२ जना नेपालीहरुले क्यानडाको विद्यार्थी भिसा प्राप्त गरेका थिए ।

त्यस्तै सन् २०१३ मा १ सय, सन् २०१२ मा १ सय , सन् २०११ मा १२१ जना नेपाली विद्यार्थीहरुले क्यानडाको भिसा प्राप्त गरेको क्यानेडियन सरकारको तथ्यांकले देखाएको छ । सन् २०१० मा १४३, सन् २००९ मा १५१, सन् २००८ मा ८३, सन् २००७ मा १ सय ७ र सन् २००६ मा ९६ जना नेपालीहरुले क्यानडाको विद्यार्थी भिसा प्राप्त गरेका थिए ।

क्यानडामा विद्यार्थी भिसामा रहेका नेपालीहरुको विवरण हेर्दा पहिले र सन् २०१५ मा विद्यार्थी भिसा प्राप्त गरेका नेपालीहरु विद्यार्थी भिसाको स्टेटसमा सन् २०१५ को डिसेम्बरमा २७० जना थिए । त्यस्तै पहिले र सोही बर्ष विद्यार्थी भिसा प्राप्त गरेर भिसा अद्यावधिक रहेका नेपालीहरु सन् २०१४ को अन्त्यमा २५१ जना थिए ।

त्यस्तै सन् २०१३ मा २४७, सन् २०१२ मा पनि २४७, सन् २०११ मा २४४, सन् २०१० मा २४२, सन् २००९ मा २११, सन् २००८ मा १७३, सन् २००७ मा १७० र सन् २००६ को अन्त्यमा १५२ जना नेपालीहरु क्यानडामा विद्यार्थी भिसामा रहेका थिए ।

रिपोर्टमा प्रस्तुत तथ्यांकहरु क्यानेडिन सरकारबाट लिइएका हुन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com