चर्चित युवा क्रिकेटर सन्दीप लामिछाने कलेज भर्ना, कलेजबाट पूर्ण छात्रवृत्ति प्रदान


प्रकाशित मिति : मंसिर १८, २०७५ मंगलबार

चर्चित  युवा क्रिकेटर सन्दीप लामिछाने कलेज भर्ना भएका छन् । बौद्धस्थित जेभियर इन्टरनेसनल कलेजमा मानविकी संकाय अन्तरगत बीएसडब्लु (ब्याचलर इन सोसल वर्क)मा भर्ना भएका हुन् ।

उनलाई तीन वर्षे कोर्सका लागि पूर्ण छात्रवृत्ति प्रदान गरिएको कलेजका कार्यकारी निर्देशक लोकबहादुर भण्डारीले जानकारी दिए । सन्दीप जेभियर इन्टरनेसनल स्कुल र कलेजका ब्रान्ड एम्बासडर पनि हुन् । इन्डियन प्रिमियर लिग (आईपीएल) खेलेका पहिलो नेपाली खेलाडी सन्दीप स्वदेश फर्केलगत्तै जेभियर इन्टरनेसनल कलेजले दुई वर्षका लागि अनुबन्धित गरेको थियो ।

सन् २००६ मा स्थापना भएको जेभियर इन्टरनेसनलले मन्टेश्वरीदेखि उच्च मावि स्कुलरकलेज सञ्चालन गर्दै आएको छ।
यस जेभियर इन्टरनेसनल कलेजले गरीब, विपन्न वर्गका विद्यार्थीलाई २० प्रतिशत छात्रवृत्ति दिने गरेको छ । सन्दीपले खेल क्षेत्रमार्फत देशको इज्जत बढाएकाले उनलाई सम्मानस्वरुप पूर्ण छात्रवृत्ति प्रदान गरिएको भण्डारीले बताए ।

क्रिकेटसँगै पढाईलाई पनि अगाडि बढाउने र खाली रहेको बेलामा कलेज पढ्न आउने लामिछानेले बताए । ‘पहिलो प्राथमिकता त क्रिकेट नै हो, तर क्रिकेट नभएकाले बेला चाहिँ पढाईलाई समय दिने विचारमा कलेज भर्ना भएको हु ’ उनले भने ।
सन् २००६ मा स्थापना भएको जेभियर इन्टरनेसनलले मन्टेश्वरीदेखि उच्च मावि स्कुल र कलेज सञ्चालन गर्दै आएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com