‘लोकमानसिंह कार्कीमाथिको कारवाहीका लागि एमाले बाधक’


प्रकाशित मिति : पुस ३, २०७३ आईतबार

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद चल्न नदिएर एमालेले मुलुकका लागि महत्वपूर्ण तीन मुख्य काम गर्नबाट रोकेको आरोप लगाएका छन् । संविधान संशोधन प्रस्ताव, अख्तियार दुरुपयोग नियन्त्रण आयोगका तत्कालीन प्रमुखमाथिको महाअभियोग प्रस्तावको टुंगो र चुनावको मिति घोषणा गर्नुपर्ने काम प्रतिपक्षका कारण रोकिएको प्रचण्डले आरोप लगाए ।

पार्टीको १ नम्बर प्रदेश भेलामा सहभागी हुने क्रममा प्रधानमन्त्रीले विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसित कुरा गर्दै प्रतिपक्षी दलमा अझै पनि आक्रोश र बदलाको भावना रहेको बताए । उनले भने, ‘जानेर वा नजानेर यो रोक्न खोज्नु भनेको मुलुकका लागि दुर्भाग्यपूर्ण कुरा हो ।’

अनावश्यक रुपमा संसद अवरोध गरेर गैरलोकतान्त्रिक र गैरसंसदीय चरित्र प्रदर्शन भइहरेकोप्रचण्डको आरोप छ । संसद चल्न र महत्वपूर्ण प्रस्तावहरु पारित हुन जति ढिलो हुन्छ उति नै बढी प्रतिपक्षी दलहरुले नोक्सानी ब्यहोर्नुपर्नेछ,’ प्रचण्डले चेतावनी दिए । ‘चाँडै अवरोध सकिए समस्याको निकास निस्किएर स्थिरता हुने छ ।’

मधेस, पहाड र हिमाललाई जोडेर चुनावमा जान ढिलो भइरहेको भन्दै प्रधानमन्त्रीले संशोधन प्रस्तावलाई संसदमै छलफल हुन दिएर पारित अथवा फेल जे हुन्छ त्यो सबैले स्वीकार्नु पर्नेमा बताए । वैधानिक सरकारले संसदमा कुनै प्रस्तावै राख्न नपाउने जस्तो गरी प्रतिपक्षले बितण्डा मच्चाएको आरोप पनि उनले लगाए । संशोधन प्रस्तावमा मधेसवादी दलको समर्थन रहेको दाबी प्रधानमन्त्रीले गरे ।

गतिरोध अन्त्य भए ‘चुनाव वैशाखमा हुने प्रधानमन्त्रीले दाबी गरे ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com