आफूमाथि अन्याय भएको पूर्व डिआईजी पार्वती थापाको गुनासो


प्रकाशित मिति : पुस ३, २०७३ आईतबार

सर्वोच्च अदालतले अरुले हालेको त्यस्तै प्रकृतिको मुद्दा एकमहिनामा फैसला गरेको तर आफ्नो मुद्दा भने ३८ महिनादेखि फैसला नगरेको पूर्व डिआईजी पार्वती थापाले गुनासो गरेकी छिन् ।

नेपाल प्रहरीमा तीस बर्ष सेवा गरेर प्रथम श्रेणी अधिकृतसम्म ठूलो संघर्ष गरेर पुगे तापनि नेपालको इतिहासमा पहिलो महिला आईजीपी हुने अवसरबाट आफूलाई बन्चित गराइएको भन्दै थापाले फेसबुकमार्फत आक्रोश पोखेकी छिन् ।

तात्कालीन नेपाल सरकारले सातवटा खाली एआईजीको पद हुँदा हुंदै पनि बढुवा नदिई जवर्जस्ती अवकाश दिएकोले आफूले २०७० साल कार्तिक २१ गते सम्मानित सर्वाेच्च अदालतमा नेपाल सरकार र सम्वन्धित निकायको विरूद्दमा रिट हालेको अहिले ३८ महिना लागेको उनको भनाई छ ।

नेपाल प्रहरीका चारजना डिआईजीहरू यादव अधिकारी, परशुराम खत्री, विश्वराज सिंह शाही र शुसीलवर सिं थापाले २०७१ सालमा आफूभन्दा जुनियरलाई बढुवा दियो भनेर मुद्दा हालेकोमा त्यो मुद्दाको सुनुवाई एक महिनाभित्र नै भएपनि आफ्नो मुद्दाको सुनुवाई भने ३८ महिनादेखि नभएको पार्वती थापाको भनाई छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सम्मानित सर्वाेच्च अदालतले सिट नभए तापनि सिट थपेर एआईजीमा बढुवा दिनु भनेर परमादेश जारी गरेकोमा उहांहरूले फैसला कार्यन्वयन गरी पाऊं भनी रिट हालेकोमा त्यस्को फैसला पनि करिव २ महिना भित्रै भएर फैसला कार्यान्वयनको आदेश पाएपनि त्यस्तै प्रकृतिको आफ्नो मुद्दाको फैसला नभएको थापाको गुनासो छ ।

पार्वती थापा भन्छिन् – ‘एआईजीमा बढुवा हुने उहाँहरूलाई न्याय भयो ,म उहाँहरूलाई बधाई दिन चाहन्छु । तर मलाई सोही प्रकृतीको मुद्दामा फैसलाको लागि २०७० साल कार्तिकदेखि बर्षाै कुर्नु परेको छ । पचास प्रतिशत भन्दा बढि महिला जनसंख्या भएको यो देश नेपालमा एक्कासौं शताव्दी सम्म पनि नीति निर्माण तह र निर्णायक तहबाट महिलाको न्यायमा पहुंचप्रति दृश्टि अझै पुग्न नसकेको कुराको महशूस म जस्ता थुप्रै महिलाहरूले गरिरहेको हुनुपर्दछ ।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com